डडेल्धुरा, ५ पुस । नेपाल विद्यार्थी संघ डडेल्धुरा बहुमुखि क्याम्पस कमिटीद्धारा डडेल्धुरा बहुमुखि क्याम्पस डडेल्धुरामा गरिएको तालाबन्दी १० दिन पछि मंगलबार खुलेको छ ।
क्याम्पस प्रमुख १० दिन पछि नेविसंघका १८ बुद्धे मागहरुलाई सम्बोधन गर्नका लागी सहमत भए पछि क्याम्पस प्रशासनमा लगाईएको तालाबन्दी खुलेको नेविसंघ क्याम्पस कमिटी सभापति सन्तोष देउवाले बताए । उनले भने क्याम्पस प्रशासनले आफुहरुले उठाएका मागहरुप्रति चासो नदिएका कारण बाध्य भएर क्याम्पस प्रशासनमा तालाबन्दी नै गर्नु परेको हो ।
विभिन्न १८ बुद्धेमागहरु राखी नेपाल विद्यार्थी संघ क्याम्पस कमिटीले पुस २६ गते क्याम्पस प्रशासनमा तालबन्दी गरेको थियो । क्याम्पसमा गुणस्तरिय शिक्षा प्रवाहका लागी दक्ष प्राध्यापकहरुको व्यवस्था गरिनु पर्ने, कम्प्युटर ल्याव व्यवस्थित गरिनु पर्ने,छात्राबास व्यवस्थित गर्नु पर्ने लगायतका विभिन्न १८ बुद्धे मागहरु राखी क्याम्पसका तालाबन्दी गरिए पछि क्याम्पसको दैनिक प्रशासनिक कार्य समेत अवरुद्ध हुदै आएको थियो ।
क्याम्पस प्रशासनले विद्यार्थी संगठनहरुले उठाएका मागहरु सम्बोधन गर्ने सहमति भए पछि क्याम्पस प्रशासनमा लगाईएको ताला खुलेको क्याम्पस प्रमुख टेकराज पनेरुले बताए । उनले भने “क्याम्पस प्रशासनमा तालाबन्दी भएपछि विद्यार्थीहरुको पठापाठन समेत प्रभावित हुदै आएका भए पनि अव क्याम्पसमा लगाईएको ताला खुलेसंगै सहज हुदै जानेछ ।”
सुदुरपश्चिमका पहाडी जिल्लाहरुको प्रवेशद्धारका रुपमा रहेको डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको एक मात्र त्रिभुवन विश्वविद्यालयको आगिंक क्याम्पस डडेल्धुरा बहुमुखि क्याम्पसमा पटक पटक हुने गरेका आन्दोलनहरुले क्याम्पसको पठनपाठन नै प्रभावित हुने गरेको विद्यार्थीहरुले बताएका छन् । एक मात्र आगिंक क्याम्पसका रुपमा रहेको यस क्याम्पसलाई विभिन्न राजनैतिक दलका विद्यार्थी संगठनहरुले राजनैतिक आकडा बनाएका छन् । विद्यार्थी संगठनहरुले विद्यार्थीहरुका समस्या समाधन र शैक्षिक गुणस्तर विस्तार गराउनुका सट्टा पटक पटक क्याम्पसमा तालाबन्दी गर्दै आए पछि क्याम्पसमा भर्ना हुने विद्यार्थीहरुसमेत घटदै आएको क्याम्पस प्रशासनको भनाई रहेको छ ।
३/४ वर्ष पहिले डडेल्धुरा बहुमुखि क्याम्पसमा अध्ययन राम्रो हुने भएकाले सुदु्रश्चिमका बैतडी,दार्चुला,बझाङ,डोटी लगायत क्षेत्रबाट सयौको संख्यामा विद्यार्थीहरु अध्ययनकालागी आउने गरेको क्याम्पसका एक जना कर्मचारीले बताए । उनले भने– पहिलेको तुलनामा क्याम्पसको पठन पाठनको गुणस्तर ज्यादै खस्कनुका साथै डडेल्धुरा जिल्लाका विद्यार्थीहरु समेत अध्ययनका लागी जिल्ला बाहिर जाने गरेका छन् ।
आंगिक क्याम्पसका रुपमा रहेको डडेल्धुरा क्याम्पसको शैक्षिक सुधार गराउनका लागी र क्याम्पसको शैक्षिक बाताबरण सुधारका लागी शिक्षा क्षेत्रका सरोकारवाला निकाय,राजनैतिक दल, विद्यार्थी संगठनहरु र क्याम्पस प्रशासनले समयमै ध्यान नदिने हो भने डडेल्धुरा बहुमुखी क्याम्पसमा एक दिन विद्यार्थीहरु भन्दा प्राध्यापक तथा कर्मचारीहरुको संख्या बढी रहने स्थानीयहरुको चिन्ताको विषय बन्दै गएको छ ।













प्रतिक्रिया