– राजकुमार ओली
विर्तामोड, ५ पुस । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा झापााको विर्तामोड लगायतका ठाँउमा युवा संघ झापाले १ घण्टा चक्काजाम गर्दै कोण सभा गरेको छ । मध्यान्न १ बजेबाट २ बजे सम्म विर्तामोडको मुक्ति चौकमा पुरै राजमार्ग अवरोध गर्दै विरोध कोण सभा सम्पन्न गरेको हो ।
विरोध सभालाई युवा सघका केन्द्रिय सचिवालय सदस्य राजु कार्की, मेची अञ्चल अध्यक्ष चन्द्र प्रसाई, युवा सघ झापाका अध्यक्ष त्रिलोचन सापकोटा तथा अनेरास्ववियुका पुर्व केन्द्रिय सचिवालय सदस्य टिका मग्रान्तीले आफुहरुका जिल्ला अध्यक्ष तिवारीको हत्यारालाई पकाउ गरि सार्वजनिक गर्न माग गर्दै नभए कडा आन्दोलनमा होमिने चेताबनी दिएका छन् ।

उनीहरुले सरकारले जसरी पनि संसदमा दर्ता गराएको ससोधनको प्रस्ताव फिर्ता नलिएमा कफनमा फेटा बाँधेर तिवारीको रगतको अवमुल्यन हुन समेत नदिने बताए ।
गाँउ गाँउबाट विर्तामोड चौकमा भेला भएका सयौ युवा सघका कार्यकर्ताहरुले नाराबाजी गर्दै चक्काजाम गराएका थिए । निक्कै बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको भएपनि सरकार र गृहमन्त्रीको आलोचना गर्दै उनीहरुले नाराबाजी समेत गरेका थिए ।













प्रतिक्रिया