१९ कार्तिक २०८३, बिहिबार

हत्याको बिरोधमा पाँचथरमा पनि चक्का जाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, ५ पुस । युवा संघ नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या गरेको बिरोधमा पाँचथरमा पनि आज दूई घण्टा चक्काजाम गरिएको छ ।

पाँचथर यूवासंघ नेपालको अगूवाईमा मेचिराजमार्ग का आसपासका गौडाहरुमा सवारीका साधनहरु रोकीएका थिए । झापा, ईलाम पाँचथर हूदै ताप्लेजूङ सम्म लामोदूरीका यात्रू तथा मालबहाक साधनहरु जाममा परे ।
ि
फदिम नपा भित्रका चोक र गल्लीहरुमा युवासं सचिव लिलाराज तूम्वापोको नेतृत्वमा कार्यकर्ताहरु हातमा झण्डा लिएर खटिका देखिन्थे । बन्दमा अनेरासववीयूका जिल्ला अध्यक्ष, उपाध्यक्ष सचिवहरु, सहसचीव महिला नेतृ बिजु राई, लगायत पाटीका स्थानिय कार्यकता, समेत सकृय सहभागी रहेका थिए ।

बन्दलाई सूरक्षाका लागी जनपथ प्रहरी र ससस्त्र प्रहरीहरुले सूरक्षा प्रदान गरेका थिए । बन्दकर्ताहरुले माइकीङ गरी यातायात बन्द गरी सहयो गरीदिन अनूरोध समेत गरेका थिए ।

निस्पक्ष निकायले भने देशका ठूला पार्टीहरुले सूरक्षा निकायलाई सहयोगमा साथ दिनू पर्नेमा सडक र विद्यालय बन्दले थप सूरक्षामाअसर परेको जनाईरहेका थिए ।