१ कार्तिक २०८३, आइतबार

चीन-पाकिस्तानको योजनालाई रुसको साथ, भारतमा चिन्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, पुस ५ । रुसले चीन-पाकिस्तान आर्थिक करिडोर (सीपीइसी) को समर्थन गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार यो करिडोरले युरेसियन आर्थिक संगठनलाई फाइदा पुग्ने भन्दै समर्थन जनाएको रुसले सीपीइसीसँग आफ्नो युरेसियन इकोनोमिक युनियन प्रोजेक्टलाई जोड्ने घोषणा गरेको छ ।

भारतले भने रुसको यो कदम आफ्नो लागि हानिकारक हुने निष्कर्ष निकालेको छ ।

यसअघि पनि पाकिस्तान र रुसबीच सीपीइसीका बारेमा छलफल हुँदा भारतले रुससमक्ष आपत्ति जनाएको थियो ।