काठमाडौं, ५ पुस । पूर्व सांसद शान्ता चौधरी सम्मानित भएकी छन् ।
नेपाली साहित्यका मूर्धन्य प्रतिभा तथा वरिष्ठ आख्यानकार रमेश विकलको नवौं स्मृति दिवसका अवसरमा रमेश विकल साहित्य प्रतिष्ठानले साहित्य सदन रामहिटीमा गरेको कार्यक्रममा शान्ता चौधरीलाई रमेश विकल सुशीला नारीसेवा पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि नगद ५ हजार रुपैया रहेको छ ।
शान्तालाई समालोचक प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी, सांसदद्धय अम्बिका बस्नेत, रामेश्वर फुयाँल लगायतले संयुक्त रुपमा ताम्रपत्र, दोसल्लासहित सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।
चौधरीलाई कमलरी जीवन बिताउँदै सभासद् र लेखिका बन्न सफल प्रेरणादायी व्यक्तित्व भन्दै सम्मान गरिएको आयोजकले बताएको छ ।
कार्यक्रममा सम्मानित शान्ता चौधरीले विकलको बहुआयामीक व्यक्तित्व सबैका लागि प्रेरणादायी भएको बताइन् ।














प्रतिक्रिया