३ कार्तिक २०८३, मंगलबार

नेपाल फूटवेयर सेल्स एण्ड मार्केटिङ्ग एशोसिएसन गठन, अध्यक्षमा रिजाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । जुत्ता-चप्पल उत्पादक कम्पनीका कर्मचारीले संगठित हुँदै नेपाल फूटवेयर सेल्स एण्ड मार्केटिङ्ग एशोसिएसन गठन गरेका छन् ।

आइतबार १५ भन्दा बढी जुत्ता चप्पल उत्पादक कम्पनीका कर्मचारीले गणेशप्रसाद रिजालको अधयक्षतामा ११ सदस्यीय एशोसियसन गठन गरेको प्रवक्ता रेशम भण्डारीले जानकारी दिए ।

उनका अनुसार एशोसियसनको प्रथम उपाध्यक्षमा रेशम भण्डारी, द्वितिय उपाध्यक्षमा अर्जुन घिमिरे, सचिवमा अर्जुन खनाल, सह—सचिवमा पूष्पकमल अधिकारी र कोषाध्यक्षमा रजत सिंह महर्जनलाई चयन गरिएको छ ।

त्यसैगरी सदस्यमा नविन गिरी, दिपक झा, श्याम मण्डल, सुरज कोइराला, बालकृष्ण घिमिरे रहेका छन् ।

‘स्वदेशी उत्पादनलाई प्रोत्साहन तथा प्रर्वद्धन गर्न सथापित भएको फूटवेयर इण्डस्ट्रिजका उत्पादनहरुलाई आम उपभोक्ता माझ पुर्याउने उद्देश्यले जुत्ता चप्पलको सेल्स र बजार क्षेत्रमा रहेर काम गर्दै आइरहेका सम्पूर्ण सेल्स र बजारसँग सम्बन्धित पेशागत कर्मचारीहरुको हकहितका साथै संस्थागत हितलाई समेत मध्यनजर गर्दै एउटै छाता मूनि बस्ने उद्देश्यले यो एशोसिएसनको गठन गरिएको हो,’ प्रवक्ता भण्डारीले भने ।

गठन भएको एशोसियसनमा आबद्ध १५ भन्दा बढी जुत्ता चप्पल उत्पादक कम्पनी देशकै ठूलो हिस्सा ओगटि आत्मनिर्भर बन्दै गएका छन् ।