१ कार्तिक २०८३, आइतबार

अमेरिकी अनुरोधपछि चीनले फिर्ता गर्यो अण्डरवाटर ड्रोन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । चीनले गत विहिबार दक्षिण चीन सागरबाट नियन्त्रणमा लिएको अमेरिकी अण्डरवाटर ड्रोन अमेरिकालाई फिर्ता गरेको छ ।

चिनियाँ रक्षा मन्त्रालयले नियन्त्रणमा लिइएको ड्रोन मंगलबार अमेरिकालाई बुझाएको चीनको सरकारी समाचार संस्था सिन्हुवाले जनाएको छ ।

‘दुई देशबीचको परामर्शपछि ड्रोन फिर्ता गरिएको छ,’ चिनियाँ रक्षा मन्त्रालयले भनेको छ ।

यसअघि अमेरिकी रक्षा विभाग पेन्टागनले चीनलाई अमेरिकी समुद्री ड्रोन आग्रह गरेको थियो ।

गत शनिबार पेन्टागनका प्रवक्ता पीटर कुकले भनेका थिए – ‘चीन प्रशासनसँगको सिधा सम्पर्कअनुसार हामीले यो सुनिश्चित गरेका छौं कि चीन अमेरिकालाई यूयूवी (मानवरहित समुद्री वाहन) फिर्ता गर्नेछ ।’

तर, नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अण्डरवाटर ड्रोन चीनले चोरी गरेको आरोप लगाउँदै ‘चीनले चोरेको ड्रोन अमेरिकालाई चाँहिदैन’ भनेका थिए ।

बीबीसीका अनुसार अमेरिकी अण्डरवाटर ड्रोनलाई विहिबार चिनियाँ सैनिकले दक्षिण चीन सागरबाट नियन्त्रणमा लिएका थिए ।