१ कार्तिक २०८३, आइतबार

भारतीय खेलाडी करुण नायरले क्रिकेटमा बनाए नयाँ कीर्तिमानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, पुस ४ । आफ्नो करियरको तेस्रो टेस्टमै भारतका स्टाइकर करुण नायरले शानदार तेस्रो शतक बनाएर इतिहास रचेका छन् ।

चेन्नईको चेपक स्टेडियममा इङ्गल्याण्ड विरुद्ध जारी पाँचौं तथा अन्तिम टेष्ट क्रिकेटमा अविजित रहँदै नायरले तीन सय तीन रन बनाउँदै मेडन सतकमै तीन सय रनको आँकडा पार गर्ने कीर्तिमान बनाएका हुन् ।

बीबीसीका अनुसार नायरले पहिलो टेष्ट सतकमा दोहोरो सतक बनाएका भारतकै विनोद काम्लीले र दिलिप बैंगसरकरले बनाएको कीर्तिमान तोडेका छन् ।

नायरको तेस्रो शतक पूरा हुनेवित्तिकै कप्तान विराट कोहलीले ७ विकेटको क्षतिमा मा ७५९ रनको स्कोरमा इनिङ्ग समाप्तिको घोषणा गरे । यो टेस्ट चौथो दिनको हो । यो नतिजा टेस्ट क्रिकेटमा भारतको सबैभन्दा ढूलो स्कोर हो ।