१९ कार्तिक २०८३, बिहिबार

तिवारी हत्याको विरोधमा गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा राजधानीमा प्रदर्शन भएको छ ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रत्न राज्यलक्ष्मी क्याम्पस शाखाले मंगलबार विहान तिवारीका हत्यारालाई कारवाहीको माग राख्दै प्रदर्शनीमार्गमा नाराबाजीसहित प्रदर्शन गरेको हो ।

अनेरास्ववियुका सचिव आरसी लामिछानेका अनुसार तिवारी हत्याको विरोधमा युवा विद्यार्थीले नाराबाजी गर्दै गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा माग गरेका छन् ।

‘नालायक गृहमन्त्री राजीनामा दे, प्रचण्ड सरकार मुर्दावाद, हत्यारालाई फासी दे, प्रचण्डे तेरो पाराले दुःख पाए साराले’ भन्दै युवा विद्यार्थीले आरआर क्याम्पस अगाडि नाराबाजीसहित एक घण्टा प्रदर्शन गरेका थिए ।

युवा संघका रुपन्देही अध्यक्ष तिवारीको सोमबार दिउँसो देवदहस्थित खैरेनी बजारमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।