१ कार्तिक २०८३, आइतबार

सम्बन्ध विच्छेदपछि दोस्रो विवाह गर्ने महिललाई गोली हानेर हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अफ्गानिस्तानज, ५ पुस । अफगानिस्तानमा सम्बन्ध विच्छेद गरेर दोस्रो विवाह गरेकी एक महिलालाई तालिबानले गोली हानेर हत्या गरिदिएको छ ।

अजीजा नाम गरेकी ती महिलाका पति ईरानमा बस्न गएका छन् । समाचार अनुसार अजीजाका पतिले बिदेशबाट नै सम्बन्ध विच्छेदको अनुमति दिएका थिए ।

पाझवाक न्यूजका अनुसार अजीजा पूर्व पतिले आफ्ना एक नातेदारलाई अजीजासँग सम्बन्ध विच्छेद गर्नका लागि मञ्जुरामानामा दिएका थिए ।
तर ईरानबाट फर्किएपछि पूर्वपतिले आफ्नी पत्नीले दोस्रो विवाह गरेको उजुरी दिएका थिए ।

स्थानीय नेता नासेर नजरीले भने, ‘२५ वर्षीया महिला अजीजालाई शनिबार गोली हानेर हत्या गरिएको छ ।’

अफगानिस्तानका सरकारी अधिकारीहरूले तालिबानले अजीजालाई पतिको घरमा जानका लागि दबाब दिइएको थियो । पतिको घरमा नै उनलाई गोली हानेर हत्या गरेको समाचारमा उल्लेख छ ।

तालिबानका प्रवक्ता कारी यूसुफ अहमदीले बीबीसीसँग अजीजाको हत्यामा तालिबानको कुनै हात नरहेको जनाएका छन् । तालिबानका अनुसार महिलाको हत्या पारिवारिक झगडाका कारणले भएको हुन सक्छ ।

कारी यूसुफ अहमदीले अजीजाको हत्याका विषयमा तालिबानले दुई व्यक्तिलाई हिरासतमा लिएको जनाएको छ । प्रवक्ता यूसुफले शरिया कानून अनुसार ती दुई व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएका छन् । – एजेन्सी