इस्तानबुल, ५ पुस । टर्कीमा रूसका राजदूत आन्द्रे कारलोवलाई एक बन्दुकधारी व्यक्तिले कंकारामा गोली हानेर हत्या गरिदिएका छन् ।
सोमवार राति अंकारामा टर्कीका लागि रुसका राजदूत आन्द्रे कारलोवलाई गोली हानिएको हो । टर्कीको राजधानी अंकारामा एक कला प्रदर्शनी हेर्न पुगेका बेला राजदूत आन्द्रेलाई गोली हानिएको थियो ।
आरटी न्यूजका अनुसार आक्रमणकारी मेवलट मर्ट अटलिंटासको स्पेशल फोर्स एक सदस्य रहेको जनाएको छ । कला प्रदर्शनी हेरेपछि भाषण गर्ने बेला ती आक्रमणकारीले राजदूतलाई गोली हानेको जनाइएको छ ।
रूसका विदेशमन्त्री सर्गी लावरोवले राजदूत कारलोव हत्याकाण्ड अनुसनधानका लागि रूसी जाँचकर्ताले गर्ने बताएका छन् । त्यसका लागि रुसको अनुसन्धान टोली टर्की प्रस्थान गरेको छ ।
गोली लागेर गंभीर रूपमा घाइते भएका राजदूत करलोवलाई अस्पतालमा भर्ना गरिएको थियो । तर केही समयपछि चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए । स्पेशल कमान्डोले जवाफी कारबाहीमा आक्रमणकारीलाई तत्काल गोली हानेर मारेको जनाइएको छ ।
एफपीका अनुसार राजदूत करलोवलाई गोली हान्ने समूहको पहिचान भइसकेको छ । गोली हान्ने व्यक्ति टर्कीकै पुलीकर्मी रहेको जनाइएको छ ।
आक्रमणकारीले गोली चलाने क्रममा ‘अलेप्पो’ र ‘बदला’ जस्ता शब्द उच्चारण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । – एजेन्सी















प्रतिक्रिया