१ कार्तिक २०८३, आइतबार

क्रिसमस ट्रीमा एक मिटर लामो जिउँदो सर्प

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलबर्न, ५ पुस । अस्ट्रेलियामा एक महिलाले क्रिसमसका लागि ल्याएको ‘क्रिसमस ट्री’ मा सान्टा क्लजको स्थानमा विषालु सर्प भेटेकी छन् ।

अस्ट्रेलियाको मेलबर्नमा एक महिलाले आफ्नो क्रिसमस ट्रिमा एक मिटर लामो विषालु सर्प भेटेकी हुन् । सर्प देखेपछि ती महिलाले सर्प समात्ने व्यक्तिलाई फोन गरेकी थिइन् । सर्प समात्ने ब्यारी गोल्डस्मिथले सो सर्प खुल्ला ढोकाबाट भित्र छिरेर क्रिसमश ट्रिको सजावटमा लुकेर बसेको बताएका छन् ।

‘टाइगर स्नेक’ प्रजातिको यो सर्प अस्ट्रेलियाको तटवर्ती क्षेत्रमा पाइने अत्यन्त विषालु सर्प हो । ब्यारी गोल्डस्मिथले महिलाले बेलैमा खबर गरेका कारण छिट्टै समात्न सम्भव भएको बताएका छन् ।

उनले भने, ‘महिला कोठाबाट निस्किएर तौलियाले झ्यालसमेत बन्द गरेर मलाई फोन गरिन् ।’ सो सर्प समातेर जंगलमा नै छोडिएको छ । टाइगर स्नेक प्रजातिको सर्प अस्ट्रेलियामा संरक्षित जनावर हो । – एजेन्सी