१९ कार्तिक २०८३, बिहिबार

“No Compromise” का विभिन्न सन्देश बोकेका मानिसहरु नेपालका प्रमुख शहरमा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । नेपालका विभिन्न प्रमुख शहरका चोक, अस्पताल, सार्वजनिक क्षेत्र, मन्दिर परिसर, चौर, मनोरञ्जनका स्थानहरुमा विभिन्न सन्देशमूलक प्ले कार्ड बोकेर मानिसहरु को हुन् ? किन यो प्रसङ्गका बोर्डहरु उभिएका छन् ? आखिर किन र कसका लागि यिनिहरु यस्ता बोर्डहरु बोकेका छन् त ? खासमा उनिहरुले प्रदान गर्न खोजेको सन्देश के र कसका लागि भन्ने कुरा आम मानिसहरुको चर्चाको विषय हुन पुगेको छ र आम मानिसहरु चकित भएका छन् ।

शहरका विभिन्न स्थानहरु जहाँ मानिसहरुको बाक्लो उपस्थिती हुन्छ र मानिसहरुले सहज रुपमा देख्न सक्दछन् त्यस्ता स्थानको छनोट गरी युवा, युवती र पौढहरु प्ले कार्ड बोकेका मानिसहरु देखिएका छन् । खास गरि नेपालका प्रमुख शहरहरु काठमाडौं, हेटौडा, पोखरा, नारायणगढ, विरगंज, जनकपुर जस्ता शहरहरुका सार्बजनिक स्थानमा यसरी प्ले कार्ड लिएर बसेका मानिसहरु उल्लेख्य रुपमा देख्न सकिन्छ ।

विभिन्न महत्वपूर्ण विषयहरु सँग सम्बन्धित शब्दहरुको पछाडी  “No Compromise” (सम्झौता नगरौं) भन्ने कुराहरु उल्लेख गरिएका बोर्डहरु लिएका मानिसहरुको उपस्थिति देखिएको छ । खास गरि हस्पिटलको एरियामा स्वास्थ्यको मामला मा, धार्मिक स्थलहरुको परिसरमा आस्थाको मामला मा, सडकका मूख्य चोकमा सडक अनुशासनको मामलामा, लगाएत परिवारको खुशीको मामला मा, फिट्नेस् को मामला मा, मनोरञ्जनको मामला मा, बचतको मामला मा जस्ता विभिन्न कुराहरुमा  “No Compromise” भन्ने सन्देशमूलक कुराहरु प्ले कार्डमा उल्लेख गरिएका छन् ।

यसरी सार्वजनिक स्थानहरुमा सन्देशमूलक कार्डको सहायताले मानिसहरुमा चेतना वृद्धि गराई आफुहरुले कस्तो कुरामा सम्झौता गर्नु हुन्छ र कस्तो कुरामा सम्झौता गर्नु हुँदैन भन्ने कुराको बारेमा चेतनाको स्तर बढाई यस नेपाली समाजलाई केहि परिर्वतन ल्याउन सकिने दाबी उनिहरुले गर्दै आईरहेका छन् ।

किन सार्वजनिक स्थानहरु छनोट गरी प्ले कार्ड नै बोक्नुपर्दथ्यो भन्ने फरक प्रसङ्गमा उनिहरुले यसरी मानिस स्वयं उपस्थिती जनाई गरेको काम अन्य माध्यमभन्दा बढी प्रभावकारी रहने र प्रत्यक्ष रुपमा जनतालाई आफ्नो कुराहरु राख्न सजिलो हुने र त्यसको जवाफ पनि उनिहरुको क्षमता अनुरुप नै प्रदान गर्न सकिने स्पष्ट पारेका थिए । कुन उद्देश्य र कसको सहयोगको लागि यसरी विभिन्न स्थानहरुमा देखिनुभएको भन्ने कुराको बारेमा केहि नबताए पनि उनिहरुले एउटै मात्र कुरामा जोड दिएका थिए, त्यो हो  “No Compromise” अर्थात सम्झौता नगरौं ।

यसरी आम मानिसहरुको उल्लेख्य सहभागिता रहने यि स्थानहरुमा गरेको यो प्ले कार्ड प्रर्दशनले महत्वपूर्ण कुराहरुमा सम्झौता नगर्न र सजक रहन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । प्रर्दशनको लागि छनोट गरिएका यस्ता स्थानहरुको प्रयोगले प्रत्यक्ष रुपमा मानिसहरुलाई प्रभाव पर्न सक्दछ । प्ले कार्डमा उल्लेख भएका विभिन्न सन्देशमूलक सूचनाहरुले पक्कै पनि मानिसहरुमा सकारात्मक सन्देश प्रभाह हुने र मानिसलाई महत्वपूर्ण कुराहरुको सम्झौता गर्दा त्यसले पार्ने प्रभावको बारेमा सजक रहन प्रेरणा प्रदान गर्ने देखिन्छ ।