१९ कार्तिक २०८३, बिहिबार

रुपन्देही जिल्ला अध्यक्ष मारिएपछि युवा संघले बोलायो आकस्मिक बैठक

28k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युवा संघका अध्यक्ष राजीव पहारी ।

काठमाडौं, ४ मंसिर । अज्ञात समूहको गोली प्रहारबाट रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी मारिएपछि युवा संघ नेपालले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ ।

अध्यक्ष राजीव पहारीको अध्यक्षतामा अहिले पाँच बजेपछि केन्द्रीय कार्यालय बुद्धनगरमा बस्ने बैठकमा शोक व्यक्त गर्दै अब कसरी जाने भन्ने बारे निर्णय हुनेछ ।

‘रुपन्देहीको घटनाले हामीलाई दुःखी बनाएको छ । यसैविषयमा निर्णय लिन स्थायी कमिटी बैठक बस्दै छ । बैठकमा हाम्रो पोजिशन निर्धारण गर्छाै,’ अध्यक्ष राजीव पहारीले भने ।

सोमबार दिउँसो रुपन्देहीको देवदह– ६ खैरेनी बजारमा अज्ञात समूहले प्रहार गरेको गोली लागेर गम्भीर घाइते भएका युवा संघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको थियो ।