भैरहवा, ४ मंसिर । नेकपा एमाले निकट युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएको छ ।
देवदह– ६ खैरेनी बजारमा सोमबार दिउँसो रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले प्रहार गरेको गोली लागेर गम्भीर घाइते भएका तिवारीको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
गोली प्रहार गरेलगत्तै अभियुक्त फरार भएका छन् । गोली हान्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी बेलबहादुर पाण्डेका अनुसार तिवारीको छातिमा गोली लागेको थियो ।
‘थप उपचारका लागि काठमाडौंबाट हेलिकप्टर मगाइएको बेला अध्यक्ष तिवारीको देवदह मेडिकल कलेजमा उपचारका निधन भएको छ,’ युवा संघका केन्द्रीय उपाध्यक्ष राजु गुरुङले बताए ।












प्रतिक्रिया