४ मंसिर २०८३, शुक्रबार

‘प्रचण्डजी कटवाल प्रकरणमा लज्जास्पद हार भयो ! इज्जतका साथ संशोधन फिर्ता लिनुस्’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

– निशानदाजु भट्टराई

दाङ, ४ पुस । नेकपा एमालेका प्रभावशाली नेता शंकर पोख्रेलले सरकारको संविधान संशोधन प्रस्तावलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संग जोडिएको कटवाल प्रकरणसंग तुलना गरेका छन् । र, तत्काल प्रस्ताव फिर्ता नलिए प्रचण्डलाई घाटा हुने बताएका छन् ।

प्रेस चौतारी नेपाल दाङले आज दाङको घोराहीमा आयोजना गरेको ‘संविधान संशोधन प्रस्तावका अन्तर्बस्तु’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता पोख्रेलले संशोधन प्रस्तावलाई पारित गराएर छाड्छु भनेर अड्डि लिनु अर्को कटवाल प्रकरणजस्तै दोहोर्याउने खोजेको बताए ।

प्रधानमन्त्री प्रचण्डतर्फ संकेत गर्दै कटवाल प्रकरणमा माओवादीले समयमा विवेक नपुर्याउदा लज्जास्पद हार भएजस्तै मुलुकको राष्ट्रिय हितविपरीत आएको संशोधन प्रस्तावमा पनि विवेक नपुर्याए प्रधानमन्त्री पद मात्र नभई मुलुक नै दुर्घटनामा फस्ने चेतावनी दिए ।

‘संशोधन प्रस्ताव पारित गराउन किन प्रधानमन्त्री लागि पर्नु भएको छ ? पारित नभए के हुन्छ ?’ उनले प्रश्न गर्दै भने– ‘संविधान विपरीत भएकाले संशोधन प्रस्तावका बारेमा संसदमा छलफल हुँदैन, यदि बलजफ्ति तरिकाले पारित गराउन खोजे संसदीय पद्धतिमा रहेर हामीले विरोध गर्छौ ।’

एमालेका स्थायी कमिटी सदस्य समेत रहनु भएका नेता पोख्रेलले संशोधन प्रस्ताव संघियता विरोधी रहेको र मधेसी मोर्चासमेत असन्तुष्ट
भएकाले कुनै हालतमा पारित नहुने उल्लेख गर्नुभयो । उनले प्रस्तावलाई इज्जतका साथ फिर्ता लिन पनि प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए ।

आफूलाई संघीयताका च्याम्पीयन ठान्नेहरुले संघीयतालाई धरापमा पारेको भन्दै नेता पोख्रेलले भन्नुभयो, ‘आफूलाई संघीयताको च्याम्पियन ठान्ने माओवादीले मुलुकको संघीयतालाई धरापमा पार्ने काम गरेको छ ।’

संसदमा प्रस्ताव टेवल भएपछि पास गर्नका लागि २ तिहाई बहुमत चाहिने भन्दै उहाँले सरकारसँग स्पष्ट बहुमत नभएकाले उक्त प्रस्ताव पास नहुने बताउनुभयो ।

‘एमाले यो देशको सचेत प्रतिपक्षको भूमिकामा छ । हामी संशोधन प्रस्तावलाई विधिसम्वत तरीकाले फेल बनाउँछौं । अन्य दलहरुले गरेजस्तो कुर्सी भाँच्ने, माइक फोड्ने काम एमालेबाट हुँदैन’, पोख्रेलले भन्नुभयो, ‘संशोधन प्रस्ताव फेल बनाउन संसदमा १ सय ९६ मत चाहिन्छ । हामीसँग स्पष्ट २ सय मत छ । सरकारमा सहभागी दलका नेताहरु नै विपक्षमा मत हाल्छौं भन्दै हुनुहुन्छ । यस्तो अवस्थामा हामीले विधिसम्वत तरिकाले प्रस्ताव फेल बनाउँछौं ।’