
काठमाडौं, ४ पुस । संसदको गतिरोध अन्त्यका लागि सभामुखले बोलाएको बैठकबाट निस्कने क्रममा सभामुख ओन्सरी घर्ती र एमाले उपाध्यक्ष वामदेव गौतमले उत्तेजक अभिव्यक्ति दिएका छन् ।
बैठकबाट निस्कने क्रममा सभामुख घर्तीले ‘आफूले अब संसद् चलाउने’ बताइन् । उनले भनिन् – ‘नेताहरुलाई संसद चलाउनुपर्छ भन्दै म हिँडे। म संसद चलाउँछु।’
तर, सभामुख घर्ती लगत्तै निस्केका एमाले उपाध्यक्ष गौतमले भने त्यसको जबाफ दिँदै भने – ‘कसरी संसद् चल्दोरहेछ हामी पनि हेरौंला । संविधान संशोधनलाई कुनै पनि हालतमा संसद् प्रवेश गराउन दिन्नौँ ।’
सभामुख घर्ती र एमाले उपाध्यक्ष गौतम निस्के पनि प्रधानमन्त्री एवं माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्माबीच सिंहदरबारमा बैठक चलिरहेको छ ।
दिउँसो एक बजेका लागि बोलाइएको संसद्को बैठक अहिलेसम्म सुरु भएको छैन।











प्रतिक्रिया