४ मंसिर २०८३, शुक्रबार

लोडसेडिङ हटाउन घिसिङलाई असहयोग गर्ने विद्युत प्राधिकरणका तीन सञ्चालक बर्खास्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । काठमाडौँमा लोडसेडिङ हटाएर लोकप्रिय बनेका कुलमान कुलमान घिसिङलाई असहयोग गरेको भन्दै सरकारले नेपाल विद्युत प्राधिकरणका तीन जना सञ्चालकलाई हटाएको छ ।

विद्युत प्राधिकरण सञ्चालक समितिका सदस्यहरु मनोज मिश्र, सुरज लामिछाने र लक्ष्मण अग्रवाललाई ऊर्जा मन्त्रालयले बर्खास्त गरेको हो । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र उनीहरुबीच केही समय यता विवाद देखिएको बतााइएको छ ।

प्रबन्ध निर्देशक घिसिङलाई असहयोग गरेको भन्दै उर्जा मन्त्रालयले तीनै जना सञ्चालकसँग स्पष्टीकरण सोधेको थियो । तर, चित्त बुझ्दो जवाफ नआएपछि हटाइएको प्राधिकरणले जनाएको छ ।

बर्खास्त परेका संचालकहरुले भने राजनीतिक पूर्वाग्रहका कारण आफूहरु उर्जामन्त्री जनार्दन शर्माको कोपभाजनमा परेको आरोप लगाएका छन् । उर्जा मन्त्रीले आफू अनुकलका व्यक्ति ल्याउन र आर्थिक चलखेल गर्न आफूहरुलाई हटाएको उनीहरुको दाबी छ ।