१९ कार्तिक २०८३, बिहिबार

साथीहरुबीच आपसी विवाद हुँदा चक्कु हानाहान, चार घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा(कपिलवस्तु), ३ पुस । क्रिकेट खेल खेल्ने क्रममा खेलमैदानमै आपसी विबाद हुँदा साथी साथीबीच चक्कु हानाहान हुँदा कपिलवस्तुको चन्द्रौटामा चार किशोर घाइते भएका छन् ।

घाइते हुनेमा शिवराज नगरपालिका ६, चन्द्रौटाका २० वर्षीय सुशिल थापा, शिवराज नपा ५ का २० वर्षीय अब्जाल अहमद, सोही ठाउँका २४ वर्षीय फिरोज अहमद र २२ वर्षीय मुक्तार अहमद रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

घाइतेहरुमा सुशिलको टाउकोमा चोट लागेको, फिरोज र मुक्तानको हातमा र अब्जालको ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते सुशिलको संजीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको र अब्जालको चन्द्रौटा नेशनल पोली क्लिनिकमा उपचार भइरहेको प्रहरीले बताएको छ । भने फिरोज र मुक्तार भने उपचारपछि घर फर्किएको बताइएको छ ।

झगडामा संलग्न अन्य भने भागेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।