१९ कार्तिक २०८३, बिहिबार

जिल्ला कृषि विकास कार्यालयद्धारा ७ वटा विधामा २८ जना कृषकहरु पुरुस्कृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजेन्द्र ठगुन्ना

डडेल्धुरा, ३ पुस । जिल्ला कृषि विकास कार्यालय तथा कृषि विकास एलायन्स डडेल्धुराले ७ वटा विभिन्न विद्याहरुमा २८ वटा कृषकहरुलाई आईतवार पुरुस्कृत गरेको छ ।

जिल्ला कृषि विकास कार्यालय डडेल्धुराको सभाहलमा एक विशेष कार्यक्रमको आयोजना गरी उत्कृष्ट कृषकहरुलाई प्रमाण पत्र सहित नगद प्रदान गरिएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ ।

डडेल्धुरा जिल्लामा आयोजित सुदुरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव २०७३ को अवसरमा कृषि विकास कार्यालय तथा कृषि विकास एलायन्स डडेल्धुराद्धारा संचालन गरिएको कृषि मेला प्रदर्शनी कार्यक्रममा सहभागी कृषकहरु मध्ये वद्या तरकारी बाली, फलफुलबाली, खाद्यान्न बाली, दलहन तथा नगदे बाली, आलु तथा लहरे बाली, माछा तथा अन्य र बिबिध विद्यामा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना भएका कृषकहरुलाई क्रमश एक हजार, सात सय, पाँच सय र तिन सयसहित प्रमाण पत्र प्रदान गरिएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिल बहादुर विष्ट बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि स्थानीय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीले कृषकले उत्पादन गरेका चिजबस्तुहरुको बजारीकरण गरानु अनिवार्य रहेको र कृषकहरुको क्षमता अभिवृद्धिका लागी सिपमा आधारित तालिमहरुको आयोजना गरिनु पर्ने बताएका छन् ।

उनले भने- “सरकारी तथा गैरसरकारी संस्थाहरुले संचालन गरिरहेका विभिन्न कृषि सम्बन्धि कार्यक्रमहरुको कृषि विकास एलायन्सले संयुक्त रुपमा प्रभावकारी अनुगमन आवश्यक रहेको छ ।”