१९ कार्तिक २०८३, बिहिबार

मोर्चाद्वारा विमानस्थलमा चिनियाँ उच्च नेताको स्वागत

12.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । नेपालीको ती दिने भ्रमणमा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा ओर्लिएका चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युटो तथा स्टेट काउन्सिल सदस्य लिउ जिबाओलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विमानस्थलको भी.आई.पी. कक्षबाहिर ब्यानर राखेर स्वागत गरेको छ ।

नेपाल चीनको भण्डासहित लिउ जिबाओेको तस्बिर अङ्कित ब्यानरका साथ उभिएका मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल, केन्द्रीय स्दस्य प्रकाश सुवेदी, सुरेश गिरी, ओम भुजेलले लिउ भी.आई.पी. कक्षबाहिर निस्किएपछि ‘‘नेपाल–चीन सम्बन्ध अमर रहोस्’’ र ‘‘नेपाल–चीन मित्रता सदृढ गरौँ’’ भन्ने नारा लगाएका थिए ।

आफ्नो तस्बिर अङ्कित ब्यानरसहित उभिएका मोर्चाका प्रतिनिधिहरुतर्फ हेरेर मुस्कुराउँदै चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य लि जिबाओले हात हल्लाएर प्रतिक्रिया दिएका थिए ।

त्यहाँ उपस्थित पत्रकारहरुसँग कुरा गर्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले नेपाल सरकारले कुनै पनि हालतमा एक चीन नीतिलाई त्याग्नु हुँदैन र अमेरिका र भारतको पदचिन्ह पछ्याउँदै एक चीन नीति बिरुद्ध गएमा त्यो प्रत्युत्पादक हुने बताए ।