– राजेन्द्र ठगुन्ना
डडेल्धुरा, ३ पुस । डडेल्धुरा जिल्ला सदरमुकामदेखी ७ किलोमिटर टाढा रहेको अमरगढी नगरपालिका ७ पोखरा क्षेत्र अर्गानिक आलु उप्पादनको नमुना क्षेत्रका रुपमा चिनिदै आएको छ ।
विगत लामो समयदेखी तरकारी उत्पादनको पोकेट क्षेत्रका रुपमा परिचित अमरगढी ७ पोखरा आसपासका राउत गाउ, सल्लागाउ, भाटगाउ, भाटसिरोला लगायत गाउका महिला समुहहरु विषादी रहित आलु तथा तरकारी उत्पादनमा सक्रिय हुदै आएका छन् । रसायनिक विषादीको प्रयोगको सट्टा गोठेमल तथा जैविक कम्पोष्ट मलको प्रयोग गरि तरकारी तथा आलु उत्पादन गरिरहेको उग्रतारा तरकारी उत्पादन तथा कृषक समुहकी अध्यक्ष लक्ष्मी भण्डारीले बताईन ।
उनले भनिन– “अमरगढी नगरपालिका ७ पोखरामा रहेका सितल सामुदायिक संस्था सिरोला, लाटाभुमिराज सामुदायिक संस्था भाटसिरोला, समैजी सुन्दरपुर सामुदायिक संस्था भाटगाउ, भुमिराज प्रगतिशिल सामुदायिक संस्था राउतगाउ, शल्लेश्वर महादेव सामुदायिक संस्था सल्लागाउ र कालाशैनी सामुदायिक संस्था ठुली भाटगाउ गरि ६ वटा समुहहरुका ५० वटा कृषकहरुले अगार्ननिक आलु उत्पादन गरिरहेका छौ ।” ५० जना कृषकहरुले एक सय रोपनी क्षेत्रफलमा विषादी रहित आलुखेती संचालन गरेको गरेको र आलुको उत्पादन पनि राम्रै रहेको कृषकहरुले बताएका छन् ।

उत्पादित आलु तथा तरकारी विक्रि वितरणका लागी बजार क्षेत्रको पनि खासै समस्या नरहेकाले आगामी दिनहरुमा पनि तरकारी खेतीलाई विस्तार गर्दै लैजाने उग्रतारा तरकारी उत्पादन तथा कृषक समुहका सदस्य हिरादेवी बोहराले बताईन । उनले भनिन कार्डिनल जातको आलु २.५ रोपनी क्षेत्रफलमा लगाएको र उत्पादन पनि राम्रै भएको छ ।
पोखरा आसपासका गाउहरुमा तरकारी खेति पहिले देखी गर्दै आएका भए पनि व्यवसायीक रुपमा अर्थात तरकारीको पोकेट क्षेत्रका रुपमा नै अगाडी बढानका लागी ग्रामीण वातावरण विकास केन्द्र डडेल्धुराको सामाजिक परिचालन, गरिवी निवारण कोषको आर्थिक सहयोगले सम्भव भएको उग्रतारा तरकारी उत्पादन कृषक समुहकी अध्यक्ष भण्डारीले बताईन ।
उनले भनिन समुहका महिलाहरु सक्रिय भए पछि पुरुषहरुबाट समेत सहयोग भई रहेको र आगामी दिनहरुमा पनि अर्गानिक अर्थात विषादी रहित तरकारी उत्पादनका लागी समुहका सवै सदस्यहरु सक्रिय रहनु पर्दछ ।
















प्रतिक्रिया