काठमाडौं, ३ पुस । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले नियन्त्रणमा लिएको अमेरिकी अण्डरवाटर ड्रोन आफै राख्न चीनलाई आग्रह गरेका छन् ।
योभन्दा पहिला शुक्रबार अमेरिकी रक्षा विभाग पेन्टागनले चीनलाई अमेरिकी समुद्री ड्रोन आग्रह गरेको र फिर्ता दिन चीन तयार भएको समाचार आएको थियो ।
तर, राष्ट्रपति निर्वाचित भएपछि लगातार चीनसँग निहुँ खोजिरहेका ट्रम्पले आइतबार भनेका छन्– ‘हामी चीनलाई भन्न चाहन्छौं की हामी त्यो ड्रोन फिर्ता लिनचाहँदैनौ जसलाई उसले चोरेर लगेको थियो । उसले त्यो ड्रोन आफैसँग राखेहुन्छ ।’

यद्यपी पेन्टागनले विहिबार दक्षिण चीन सागरबाट नियन्त्रणमा लिइएको ड्रोन फिर्ता गर्न चीनसँग ‘सहमति’ भएको बताएको थियो ।
पेन्टागनका प्रवक्ता पीटर कुकले शनिबार सम्वाददाताहरुलाई जानकारी दिँदै भनेका थिए – ‘चीन प्रशासनसँगको सिधा सम्पर्कअनुसार हामीले यो सुनिश्चित गरेका छौं कि चीन अमेरिकालाई यूयूवी (मानवरहित समुद्री वाहन) फिर्ता गर्नेछ ।’
बीबीसीका अनुसार अमेरिकी अण्डरवाटर ड्रोनलाई विहिबार चिनियाँ सैनिकले दक्षिण चीन सागरबाट नियन्त्रणमा लिएका थिए ।
















प्रतिक्रिया