युएई । नेपाली चलचित्र प्रविधि सङ्घको आयोजनामा आगामी २०१६ डिसेम्बर २३ गते युएईमा हुने नेफ्टा फिल्म अवार्डको नवौं संस्करणका लागि कार्यक्रममा आउने दर्शकका लागि निशुल्क यातायातको ब्यबस्था गरे पछि युएईको फुझेरामा वितरण गरेको सम्पूर्ण टिकट बिक्री भएको आयोजकले जनाएको छ ।
कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनिका राजन अधिकारीले युएईका मुख्य शहर अबुधाबी , अल्लेन , रसखेमा , फुझेराबाट आउने दर्शकलाई निशुल्क यातायातको व्यवस्था गरिएको जनाएका थिए । फुजेराको टिकट ब्यबस्थापन गरिरहेका सुजन सापकोटाले फुजेराको लागि छुटाईएको सबै टिकट बिक्री भएको जनाएका छन । आयोजकले डिसेम्बर १५ तारिक सम्म टिकट खरिद गर्ने सम्पूर्ण दर्शकलाई निशुल्क यातायातको ब्यबस्था गरेको पहिलानै घोषणा गरिसकेको थियो ।
आयोजक अधिकारीले फुजेरा जस्तै अन्य स्थानमा पनि टिकट बिक्री अन्तिम चरणमा पुगेको जानकारी आएको बताएका छन । अलनासार लिजरल्यान्ड स्थित आइस रिङ्कमा नेफ्टा फिल्म अवार्ड समारोह हुदैछ । नेपाली चलचित्रको इतिहासमा अविस्मरणीय बनाउने बताउदै कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनिका सालिक सुबेदीले कार्यक्रमको ब्याबस्थापनमा कुनै सम्झौता नगरिने बताए । अवार्ड समारोहका लागि आयोजकले पचास देखि पाँच सय रुपैया सम्मका टिकटको ब्यवस्था गरिएको थियो ।
नेफ्टा फिल्म अवार्डको नवौं संस्करण युएईमा कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनिको समन्वयमा सम्पन्न गर्न युएईको व्यवस्थापनको जिम्मा सालिक सुबेदी राजन अधिकारी र सुबाश सिंह ठकुरी (अनिश) ले गर्ने भएका छन । युएईका लागि मोफसल मिडिया ग्रुप अपिसियल मिडिया पाटनर रहेको छ ।
















प्रतिक्रिया