१९ कार्तिक २०८३, बिहिबार

युवा संघद्धारा रक्तदान कार्यक्रम आयोजना, ११८ जनाले रगत दिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट युवा संघ नेपालले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

शनिबार युवा संघको केन्द्रीय स्वास्थ्य विभागले नयाँ बानेश्वपरस्थित अल्फाविटा प्रांगणमा आयोजना गरेको कार्यक्रममा ११८ जनाले रक्तदान गरेको स्वास्थ्य विभागमा सचिव सन्तोष सिलवाल ‘मोदनाथ’ले जानकारी दिए ।

‘सरकारले ल्याएको राष्ट्रघाति संविधान संशोधन प्रस्तावविरुद्ध र सामाजिक सेवामा टेवा पुगोस भन्ने उद्देश्यका साथ रक्तदान आयोजना गरेका हौं,’ सिलवालले भने– ‘हाम्रो कार्यक्रमले केहीले नयाँ जीवन पाउनेछन् । रगत पाउनेछन् । स्वस्थ समाजको लागि टेवा पुग्नेछ ।’

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य एवं युवा फाँट प्रमुख महेन्द्र पाण्डे, युवा संघका सचिव एवं स्वास्थ्य विभागको प्रमुख राजेशप्रसाद साह, युवा संघका सह–इन्चार्ज निरु पाल, उपाध्यक्ष रमेश पौडेल, महासचिव किरण पौडेल लगायत अन्य सचिवहरु र सदस्यले रक्तदान गरेका थिए ।

कार्यक्रमको व्यवस्थापन स्वास्थ्य विभागका सचिव सिलवालले गरेका थिए ।