३ कार्तिक २०८३, मंगलबार

बिजी मल बम्पर उपहारका विजेतालाई मोटरसाइकल तथा स्कुटर प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । नयाँ बसपार्क, गोंगबुमा रहेको बिजी मलले दशैं तथा तिहारलाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाको बम्पर उपहारहरु बितरण गरेको छ ।

शनिबार एक कार्यक्रमका बिच उपहार कार्यक्रममा सहभागी तीन जनालाई टिभिएसको अपाचे आरटिआर मोटरसाइकल, टिभिएसकै जुपिटर स्कूटर तथा चार रात पाँच दिनको थाइल्याण्ड भ्रमणको प्योकज बितरण गरेको हो । मलले यसै अवसरमा जाडो यामलाई लक्षित गर्दै विन्टर सेलिब्रेसन कार्यक्रमको सुरुवात सुरुवात समेत गरेको छ ।

मलले उपहार योजना अन्तरगत एक हजार रुपैंयाभन्दा बढीको सामान खरिद गर्नेलाई उपहार कुपन उपलब्ध गराएको थियो । यसरी ग्राहकले उपहार योजनामा राखेका झण्डै २५ हजार कुपनहरु मध्येबाट कुपन नम्बर ५८३३ का विजेता मंगल तामाङलाई टिभिएसको १८० सिसिको अपाची आरटिआर मोटरसाइकल प्रदान गरिएको छ ।

त्यसैगरी कुपन नम्बर १२०४० का स्वच्छम गुरुङले ११० सिसिको टिभिएसको जुपिटर स्कुटर हात पारेका छन् भने कुपन नम्बर ४०२५ का सविता सुवेदीले चार रात पाँच दिनको बैङकक भ्रमणको प्याकेज जितेकी छन् ।

त्यसैगरी कार्यक्रममा उपहार योजनाका साप्ताहिक उपहार विजेताहरुलाई सिजि ब्राण्डका साउण्ड बार, ३२ इन्चको टेलिभिजन, वासिङ मेसिन, माइक्रो ओभन, इलेक्ट्रि हिटर लगायतका उपहार पनि हस्तान्तरण गरिएको छ । गत असोज पाँचदेखि कात्तिक २८ गतेसम्म सञ्चालन भएको ‘फ्यान्टास्टिक दशैं तिहार, हरेक दिन उपहार’ योजनामा सहभागि भएका ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार पाएका थिए । जसमा दैनिक उपहार योजना अन्तरगत ४० जनाले स्मार्ट फोन, ४० जनाले लञ्च कुपन तथा ६० जनाले शपिंग भौचर पाएका थिए ।

जाडो मौसममा ग्राहलाई सुपथ मूल्यमा विभिन्न किसिमका सामान उपलब्ध गराउने लक्ष्यका साथ मलले विन्टर सेलिब्रेसन कार्यक्रमको सुरुवात समेत गरेको छ । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै मलले यो कार्यक्रम सुरु गरेको हो । कार्यक्रमको सुरुवात मललमा सविन राईको संगितिक कार्यक्रम गर्दै सुरु भएको छ । यसै गरि सेलिब्रेसनमा फेसन शो, बालबालिकालाई फ्रि फेस पेन्टिङ, फोटो सेसन लगायतका मनोरञ्जनात्मक त्रियाकलाप समेटिने छन् । सेलिब्रेसन जनवरी दुई तारिखसम्म चल्नेछ ।

मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री,रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा रहेका छन् । गुणस्तरीय वस्तु तथा सेवाको उपभोग बढ्दै गएको अवस्थामा सम्पुर्ण आवश्यकीय सामाग्री तथा मनोरञ्जनका साधन एकै स्थानबाट उपलब्ध गराउने लक्ष्य सहित यसै वर्षको सुरुवातदेखि बिजी मल सञ्चालनमा आएको हो । मलमा निर्माणको अन्तिम चरणमा रहेको मल्टिप्लेक्स सिनेमा हल पनि निकट भविष्यमा नै सञ्चालनमा ल्याउँदैछ ।