१९ कार्तिक २०८३, बिहिबार

गैर–राज्यबाट नै रुकुममा मानव अधिकारका घटनाहरुको हनन्

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अमरराज पुन

रुकुम, २ पुस । रुकुममा मानव अधिकार, शान्ति सुरक्षा र नागरिक अधिकारका घटनाहरुको हननमा राज्यतर्फबाट भन्दा पनि गैरराज्यबाट गत वर्षको तुलनामा यस बर्ष संख्यात्मक रुपमा बढि रहेको पाईएको छ ।

विषेश गरि घरेलु हिंसाका घटनाहरु यस बर्ष जिल्ला प्रहरी कार्यालय रुकुममा धेरै दर्ता भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव, दुव्र्यवहार, बलत्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहार, जर्वजस्ती बलत्कार लगायतका घटनाहरु बढी रहेका छन् ।

एक वर्षको अवधिमा जिल्लाका विभिन्न ठाउँमा ९ ओटा जर्वजस्ती बलत्कारका घटनाहरु घटेको र त्यस अन्र्तगत पनि ११ बर्षकी बालिका देखि ५० बर्षकी बृद्धा आमा समेत रहेकी छन् भने एउटा घटना बोक्सी आरोपको रहेको छ ।

त्यस्तै नागरिक तथा राजनीतिक अधिकार, सम्मान पुर्वक बाँच्न पाउने अधिकार अन्र्तगत पाँच ओटा हत्याका घटनाहरु रहेका छन् । घरेलु हिंसाका कारण भने तिन जना महिलाको हत्या भएको र अन्य दुइ महिलाको पनि अज्ञात समुह बाट हत्या भएको छ । ति मध्ये दुई ओटा हत्याको घटनाको रुकुम प्रहरीले हाल सम्म अभियुक्त गिरफ्तार गर्न सकेको छैन । यस्तैै राज्य तर्फबाट रुकुममा तिन ओटा दुब्र्यवहार तथा कुटपिटका घटना घटेका छन् ।

महिला हिंसा अन्र्तगत भने जिल्लामा ९ ओटा घटनाहरु बहु विवाहको रुपमा रहेका छन् । तर राजनीतिक, आर्थिक र साँस्कृतिक अधिकारको कुरा भने जिल्लामा सामान्य अवस्थामा रहेको पाईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मानव अधिकार बर्ष पुस्तक २०१७ प्रकाशनको पुर्वसन्ध्यामा अघिल्लो अंग्रेजी बर्ष २०१६ देखी हाल डिसेम्बर सम्म रुकुम जिल्लामा घटेका मानव अधिकार उलंघन सम्बन्धि संकलित घटनाहरुको समिक्षा, सम्पादन तथा सार्वजनिक कार्यक्रम मार्फत यस्तो जानकारी गराएको हो ।

मानव अधिकार हनन् सम्बन्धि घटना संकलन गर्ने क्रममा मिलापत्र भएका वा अदालतले निर्दोस ठानेर फैसला गरेका केशहरुलाई इन्सेकले अभिलेखमा नराख्ने गरेको बताएको छ ।

तर हाल जारी रहेका मानव अधिकार उलंघनका मुद्दा अदालतमा अनुसन्धानको प्रकृयामा रहेका घटनाहरुलाई अनुमगन तथा सम्पादनमा राख्ने गरेको रुकुमका इन्सेक जिल्ला प्रतिनिधी आदर्श केसीले बताउनुभयो ।