१९ कार्तिक २०८३, बिहिबार

चितवनमा एमालेमाथि खनिए प्रधानमन्त्री, कार्यकर्तालाई तयार रहन निर्देशन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको आन्दोलन संविधान, सङ्घीयता र गणतन्त्र विरोधी भएको बताउनुभएको छ ।

माओवादी केन्द्र चितवनको कार्यालयमा आज कार्यकर्तालाई निर्देशन दिँदै उहाँले संविधान कार्यान्वयनको वातावरण बनाउन सबै राजनीतिक शक्ति र जनतालाई लिएर सरकार अघि बढिरहेको बताउनुभयो ।

संविधान संशोधन प्रस्तावमाथि विरोध गर्नेहरुले विरोधको औचित्य पुष्टि गर्न नसकेको उहाँले उल्लेख गर्नु भयो ।

जबरर्जस्ती विरोधको अर्थ नभएको भन्दै उहाँले मधेस, पहाड, तराई सबैलाई जोड्न संविधान संशोधन प्रस्ताव ल्याइएको हो भन्नु भयो ।
केही दिनमा नै संविधान संशोधनको टङ्गो लागेर देश निर्वाचनतर्फ धकेलिने उहाँले बताउनुभयो । ‘माओवादी केन्द्र’का अध्यक्ष समेत रहनुभएका दाहालले पार्टीका कार्यकर्तालाई जिम्मेवार भएर निर्वाचनमा लाग्न निर्देशन दिनुभयो ।

गाउँ तहसम्म सङ्गठनलाई सुदृढीकरण गर्दै आउँदो निर्वाचनमा पार्टीलाई विजयी गराउन सबै एक भएर लाग्न उहाँको निर्देशन थियो । गृह जिल्ला चितवनलाई आफ्नो निर्वाचन क्षेत्र बनाउने तयारीमा जुट्नुभएका दाहालले जिल्लाको गाउँ तहसम्म पार्टीको सङ्गठन मजबुद बनाउने अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । रासस