भक्तपुर,, २३ भदौ । यही भदौ १ गतेदेखि विराटनगरको आदर्श माविबाट सुरु भएको बिपी विचार सहभागीहरुलाई सोमबार मध्यपुरथिमिमा सम्मान गरिएको छ।
नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको सो कार्यक्रममा यात्रामा सहभागी १२ जनालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको हो।
यसरी सम्मानित हुनेहरुमा यात्राका संयोेजक मधु आचार्य, उपसंयोजक विनोद कायस्थ, मध्यपुरथिमि नगर समितिका सभापति अष्टकुमार कवें, जीतप्रकाश आले, प्रमिला राई, शोभा भण्डारी, कृष्णप्रसाद बस्याल, बिमला सुनुवार, नरेन्द्रनारायण शाह, खेमनाथ पौडेल, बालचन्द्र पोखरेल, महेन्द्र मास्के र पेम्वा शेर्पा छन्।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले राजनीति हतियारबाट नभई विचारबाट जितिने बताउनुभयो ।
बिपीको विचारबाट राष्ट्र अगाडि बढ्नुपर्ने औँल्याउँदै उहाँले कांग्रेसलाई पनि बिपीको विचार र चिन्तनबाट हिँडाउनुपर्ने धारणा राख्नुभएको थियो । त्यस अवसरमा कांग्रेस मध्यपुरनगर समितिका सभापति एवम् पदयात्री अष्टकुमार कवेले उपसभापति पौडेललाई सम्मान गर्नुृभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति गणेशमान चक्रधर, कांग्रेस भक्तपुर क्षेत्र नं १ का सभापति कृष्णलाल भडेल, कार्यक्रम संयोजक दुर्लभ थापालगायतले बिपीको विचारलाई देशव्यापी बनाउनुपर्नेमा दिनुभयो । रासस















प्रतिक्रिया