काठमाडौं, २ पुस । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन दक्षिण कोरियाको राष्ट्रपतिमा उठ्ने सम्भावना देखिएको छ ।
हालकी राष्ट्रपति पार्क गेयुन हेईलाई संसदको दुईतिहाइले महाअभियोग लगाएर हटाएपछि दक्षिण कोरियामा आगामी वर्ष सन् २०१७ को डिसेम्बरमा राष्ट्रपतीय निर्वाचन हुँदैछ । र, उक्त चुनावमा प्रतिस्पर्धा गर्ने संकेत बानले देखाएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रसंघमा दुई कार्यकाल महासचिव बनेर बाहिरिँदै गरेका बानले आफ्नो अन्तिम पत्रकार सम्मेलनमा केही समय आराम गरेर कसरी मुलुकलाई सघाउन सकिन्छ भनेर लाग्ने बताएका थिए ।
जसलाई आफ्नो मुलुकमा फर्केर राष्ट्रपति पदमा प्रतिष्पर्धा गर्नेे सम्भावनाको रुपमा हेरिएको छ ।
















प्रतिक्रिया