– सीताराम चौधरी
चन्द्रौटा(कपिलवस्तु), २ पुस । कपिलवस्तुको शिवराज नगरपालिका ३, खरेन्द्रपुर जंगलमा गत मंसिर २९ गते फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ ।
सनाखत भएको शव शिवराज नगरपालिका १, काफलफुट्टाका ७६ वर्षीय खिमबहादुर खत्री रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
विगत १ महिनादेखि घरबाट हराएका वृद्धको सुपादेउराली मन्दिरदेखि करीब ५सय मिटर पूर्व बेल नदी र जवई खोलाको दोभानमा कंकाल मात्र फेला परेको थियो । वृद्धको शरीरको मासु सबै सडीगलीसकेकाले उसको कपडाबाट छोरा शंकर खत्रीले बुवाको शव पहिचान गरेका हुन् ।
वृद्धले चुरोट खाने क्रममा जलेर कोटमा प्वाल परेकाले सोही कपडाबाट पहिचान गरेको छोरा शंकर खत्रीले बताए । विगत ३ महिनादेखि बुवाको मानसिक सन्तुलन ठीक नभएको र गत मंसिर २ गते घरबाट हराएको शंकरको भनाई छ । “बुवा हराएपछि चारैतर्फ खोजतलास ग¥यौं तर कतै फेला पार्न पार्न सकेनौं, अहिले बुवालाई भेटायौं तर कंकाल र कपडा मात्र” – छोरा शंकरले दुःखी हुँदै भने ।
शवको सनाखत भएपछि छोरा शंकरलाई शवको कंकाल र कपडा जिम्मा लगाएको प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए ।












प्रतिक्रिया