१९ कार्तिक २०८३, बिहिबार

सिलगढीमा सरसफाई, सिडिओ पनि सहभागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली

डोटी, २ पुस । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा शनिबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

दिपायल सिलगढी नगरपालिकाको संयोजनमा डोटीका प्रमूख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्मा, स्थानीय विकास अधिकारी कृष्णप्रसाद गौतम, एसपी दिल्लीराज बिष्ट लगायत नेपाल प्रहरी, नेपाल आर्मी र पत्रकारहरुको टोलीले संयुक्त रुपमा सरसफाई गरेको हो ।

नगरपालिका कार्यालयको परिसरदेखि जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय हुँदै प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी मन्दिर परिसर हुँदै ईन्द्रचोकसम्म सरसफाई गरिएको हो ।

हरेक मानिसले आ–आफ्नो घर आँगन र वातावरणीय सरसफाईमा लाग्नुपर्ने भन्दै आफु सरसफाईका लागि जहिल्यै अग्रणी भूमिकामा रहने हालै मात्र डोटीमा प्रमूख जिल्ला अधिकारीका रुपमा आउनु भएका प्रजिअ शर्माले बताए ।

नगरपालीकामा व्यापार व्यवसायी तथा स्थानीय बासिन्दाले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा वातावरण दुर्गन्धित हुने गरेको छ ।

यसरी कुनै निकायबाट सरसफाई हुँदा झनै अरुले आएर सरसफाई गरिदिन्छन् भन्ने उल्टो बुझाई राख्ने गरेको समेत पाईन्छ ।

सरसफाई कार्यक्रममा स्थानीयबासीको कहिल्यै सहभागि समेत रहेको पाईंदैन ।