२ कार्तिक २०८३, सोमबार

राप्रपाका कुनै पनि नेतासँग बिहे नगर्ने कोमल ओलीको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । गायिका कोमल ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका कुनै पनि नेतासँग बिहे नगर्ने बताएकी छिन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा गायिका ओलीले राप्रपा माइती पार्टी भएकाले बिहे गर्ने कुरै नआउने बताइन् ।

‘राप्रपा माइती पार्टी हो’, उनले भनिन्, ‘बिहे त अर्को पार्टीकोसँग गर्ने हो ।’ उनले बिहे छिट्टै गने बताए पनि स्पष्ट केही बोल्न चाहिनन् ।

राप्रपामा नाम चलेका ख्याती प्राप्त कलाकारहरू पनि प्रवेशको तयारीमा रहेको उनले बताइन् । ‘हेर्दै जानुस् राप्रपामा आउन लागेका कलाकारहरू तपाईहरूले नचिताएका नाम छन्’, उनले भनिन्, ‘सबैलाई राप्रपाभित्र राम्रो सम्मान हुनेछ ।’