
काठमाडौं, २ पुस । दाङ्गको तुल्सीपुर– ७ धर्मशालामा ट्याकटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
शुक्रबार साँझ बल्लेबाट तुल्सीपुरतर्फ आउँदै गरेको लु २ त ७७२० नम्बरको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा तुल्सीपुर– १० का ३० वर्षीय ललित घर्ती रहेका छन् । उनको उपचारको क्रममा राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा मृत्यु भएको हो ।
दुर्घटनामा घाईते भएका मध्ये ४८ वर्षीय टेकबहादुर गिरी र १६ वर्षीय कृष्ण परियारको अवस्था भने गम्भिर रहेको छ । ६३ बर्षीय तुलसिंह घर्ती भने सामान्य घाइते भएका छन् ।
शुक्रबार साँझ पौने ६ बजे सडकबाट अन्दाजी एक सय मिटर तल ट्याक्टर खसेर दुर्घटना भएको थियो ।












प्रतिक्रिया