काठमाडौं, २ पुस । संविधान संशोधनका विषयमा छलफल गर्न आज प्रधानमन्त्रीसहित कांग्रेस, माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको संयुक्त बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह चार बजे हुने छलफलमा संसद सचिवालयमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव सदनमा अगाडि बढाउन लागि कांग्रेस र माओवादी केन्द्रलाई दबाब दिने बुझिएको छ ।
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले संशोधन प्रस्ताव सदनमा अगाडि बढाउन भइरहेको ढिलाइका विषयमा प्रधानमन्त्रीसँग जानकारी माग गरिने बताए ।
संयुक्त बैठकमा स्थानीय निकायको चुनावका विषयमा आइरहेका समाचार र हल्लाका बारेमा पनि छलफल हुनेछ ।
मधेसी मोर्चाले संविधान संशोधन नगरेर स्थानीय निकायको चुनाव हुन नसक्ने जनाउँदै आएको छ ।
प्रमुख विपक्षी दल एमालेले संविधान संशोधनको प्रस्तावलाई फिर्ता गर्न माग गरेर पाँच नम्बर प्रदेशका जिल्लाहरूमा आन्दोलन चर्कारहेका बेला प्रधानमन्त्रीसहित मधेसी मोर्चा, कांग्रेस र माओवादीको बैठक बस्न थालेको छ ।











प्रतिक्रिया