१ कार्तिक २०८३, आइतबार

विश्वमा सन् २०१७ मा सुरुवात हुने दश प्रमुख कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पेरिस, १ पुस । विश्वमा हालसम्म टुङ्गो लागिसकेका, आगामी सन् २०१७ मा हुन गइरहेका दश प्रमुख कार्यक्रमको झलक यस प्रकारका छन्ः

जनवरी १: नवनियुक्त एन्टोनीयो गुटेर्रेसले संयुक्त राष्ट्र सङ्घका महासचिवको कार्यभार सम्हाल्न सुरु गर्नु हुने ।

जनवरी २०: नवनिर्वाचित डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४५औँ राष्ट्रपतिको कार्यभार सम्हाल्न सुरु गर्नुहुने ।

मार्च ३०: युरोपेली सङ्घको औपचारिक परित्याग गर्ने क्रमको प्रथम चरणको रुपमा बेलायतका प्रधानमन्त्री टेरेसा मेले “लिस्बोन सम्झौता” को दफा ५० लागु गर्न औपचारिक निबेदन प्रस्तुत गर्ने ।

अप्रिल २३: फ्रान्समा राष्ट्रपतीय निर्वाचनको पहिलो चरण सम्पन्न गरिने (दोस्रो चरण ७ मे मा सम्पन्न गरिने कार्यतालिका निश्चित गरिएको)

मे १९: इरानमा राष्ट्रपतीय निर्वाचन सम्पन्न गरिने ।

चारदेखि १३ अगस्टसम्मः कुस्ती खेलसम्बन्धि “विश्व ब्यायाम विजेता” पुरस्कारका लागि बेलायतको लन्डनमा अन्तर्राष्ट्रिय प्रतियोगीता आयोजना हुने ।

अगस्ट ८:  केन्यामा राष्ट्रपतीय निर्वाचन सम्पन्न गरिने ।

सेप्टेम्बर १३: इन्टरनेसनल ओलम्पिक कमिटिले सन् २०२४ को ओलम्पिक खेलकूदका लागि आयोजक राष्ट्र र खेल मैदान चयन गर्ने ।

सेप्टेम्बर वा अक्टोबर महिनाको कुनै पनि मितिः जर्मनीमा संसदीय निर्वाचन सम्पन्न गरिने ।

छदेखि १७ नोभेम्बर: जर्मनीको बोन महानगरमा फिजीको अध्यक्षतामा “सिओपी–२३” नामक विश्व वातावरण शिखर सम्मेलनको आयोजना हुने । – एएफपी