१९ कार्तिक २०८३, बिहिबार

लक्ष्मी परियार हत्याको विरोधमा उत्रिए अधिकारकर्मी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, १ पुस । काभ्रे सानोगौथली ७ की ३३ बर्षीया लक्ष्मी परियारलाई मंसिर २१ गते बोक्सीको आरोपमा हत्या गरेको घटना प्रति उदयपुरका अधिकारकर्मीहरुले निन्दा गरेका छन् ।

शुक्रबार गैरसरकारी संस्था महासंघको अगुवाईमा मानव अधिकारको क्षेत्रमा जिल्लामा कृयाशिल सञ्जाल र गैससहरुले प्रेस विज्ञप्ती प्रकाशित गर्दै घटनाको यथार्थ छानविन गरी दोषिलाई कारवाही गर्न माग गरेका छन् ।

महासंघका अध्यक्ष महेश्वरी राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा घटनाको यथार्थ विवरण वाहिर नल्याए र कारवाही नभएको शसक्त आन्दोलनमा जाने चेतावनी दिइएको छ । विज्ञप्तीमा भनिएको छ, “आजको आधुनिक प्रगतिशिल युगको समयमा पनि बोक्सी जस्तो अत्यन्त घृणित निकृष्ट आरोप लगाई मर्म मर्मामा प्रहार गरी हत्यासमेत गर्नाले मानव सभ्यता र मानवलाई नै कुरी कुरी गरेको छ ।”

दिनदहाडै शरिर बाँधेर चरम यातना दिई मलमुत्र खुवाएर घोर प्रासविक यातना दिने पीडक शिक्षक हिरा लामा, निजको आमा र मतियार साहिला तामाङलगायतका घटनाका रमितेहरुलाई नेपालको कानुन वमोजिम हदै सम्मको सजाय गर्न विज्ञप्तीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।

विज्ञप्तीमा भनिएको छ, “सुखि नेपाली र समृद्ध नेपाल बनाउने यस महान घडीमा यस्ता असामजिक, कुरिती र अन्धविश्वासको अन्त्य गर्दै समुन्नत सम्य निर्माणको अभियानमा लागि पर्न र घटनाको भित्रि तहसम्मको यथार्थ निष्पक्ष छानविन गर्न प्रशासन समक्ष जोडदार माग गर्दछौ ।”