१ कार्तिक २०८३, शनिबार

छोरीको मृत्युपछि आमाद्वारा आत्महत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dead-body-on-the-track-sucide

रौतहट, २३ भदौ । रौतहटको करुनिया गाविस–५ की एक महिलाले छोरीको मृत्युपछि आफूले पनि आत्महत्या गरेकी छन् ।

एक महिनाअघि घर नजिकैको पोखरीमा डुबेर छोरीको मृत्यु भएपछि पीडामा रहेकी २५ वर्षीया शोभा देवीले आज आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

स्थानीय सुकदेव चोकस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक केशव दर्जीले शोभा देवीकी चार वर्षीया छोरी तृप्तिको एक महिनाअघि घरवरिपरि खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएदेखि नै उनको मानसिक अवस्था ठीक नभएको बताउनुभयो ।

मृतकको शव परीक्षणका लागि गौर अस्पताल लगिएको छ । रासस