१९ कार्तिक २०८३, बिहिबार

कृष्णपुरमा माओवादी केन्द्रको एकता भेला, राष्ट्रियता रक्षाका लागि माओवादी एकतामा जोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, १ पुस । नेकपा माओवादी केन्द्र कृष्णपुर नगर समितिको एकता भेला सम्पन्न भएको छ । बिहीबार कृष्णपुरको गुलरियामा एकला भेला सम्पन्न भएको हो ।

एकता भेलामा बोल्ने अधिकांश माओवादी केन्द्रका नेताहरुले राष्ट्रियता रक्षाका लागि माओवादी एकजुटको विकल्प नभएको बताएका छन् । माओवादी केन्द्र कञ्चनपुरका नेता अर्जुन साउँदले एकता अधिवेशनमा माओवादी नेताहरुले देशको विकासका साथै राष्ट्रियताका लागि माओवादी शक्तिहरु एकजुट हुनुपर्नेमा नेताहरुले जोड दिएको बताए ।

उनका अनुसार अधिकांश नेताहरुले माओवादीले अघि सारेको मुद्दाहरु पुरा गर्नका लागि समेत समाबेस हुनुपर्नेमा जोड दिएका थिए । माओवादी नेताहरुले जनयुद्ध, जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गरेर जनतालाई नयाँ नेपालको राहत दिनुपर्ने र एकता अधिवेशनबाट टुटफुट भन्दा पनि एकताबाटै देश र जनताको हित हुने बताएका थिए ।

अधिवेशनले कृष्ण दत्त जोशीको संयोजकत्वमा ५१ सदस्यीय नगरसमिति गठन गरेको छ । समितिले नगर क्षेत्रको समग्र विकासका लागि समेत पहल गर्नेछ ।

एकता भेला भव्य रुपमा सम्पन्न भएको माओवादी केन्द्र कृष्णपुरले जनाएको छ । स्थानीय निर्वाचन नजिकिदै जाँदा माओवादी केन्द्रले वडा, गाउँ, नगरमा एकता भेला गरिरहेको छ ।