गाईघाट, १ पुस । नेपाल पत्रकार महासंघ उदयपुर शाखाको नवनिर्मित भवन एक समारोहका विच उद्घाटन गरिएको छ । २० लाख ८४ हजार ७ सय २१ लाखको लागतमा एक सभाहल, लाईव्रेरी, समाचार कक्ष, अध्यक्ष, पदाधिकारी बस्न मिल्ने गरी निर्माण गरिएको एक तले भवनको उद्घाटन महासंघका अध्यक्ष डा. महेन्द्र विष्टद्धारा गरिएको हो ।
भवन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विष्टले देश आर्थिक समृद्धी भए मात्र मिडिया र पत्रकारिता वलियो हुने भएकाले अबको पत्रकारिता आर्थिक समृद्धीतर्फ उन्मुख हुनु पर्नेमा जोड दिए । राजनीतिका स्थिरता कायम हुन नसक्दा मुलकको आर्थिक विकास पछि परेको बताउँदै डा. बिष्टले राजनीतिक स्थिरता कायम राख्न प्राप्त उपलब्धिलाई रक्षा गर्नु पर्ने बताए ।
उनले नयाँ संबिधानले पत्रकारका हकहितलाई पूर्णरुपले सुरक्षा नगरेपनि भएका अधिकारलाई गुम्न नदिन संबिधान कार्यान्वयनमा जोड दिए । ‘नयाँ संबिधान प्रति हाम्रा पनि असहमति छन्,’ उनले भने, ‘असहमतिलाई थाति राखि पछि शंसोधन गर्ने गरी उपलब्धिलाई रक्षा गर्नुको विकल्प छैन् ।’ अध्यक्ष बिष्टले परिवर्तनलाई संस्थागत गर्न नसक्दा पनि नेपाली पत्रकारहरु असुरक्षित बन्दै गएको बताए ।
उनले नेताको भाषण भन्दापनि जिल्लाको आबश्यकतालाई ध्यानमा राखि समाचारहरु सम्रेषण गर्न आग्रह गरे । महासंघका सवाल उनले श्रमजिवी पत्रकार ऐन कार्यान्वयनमा जोडतोड दिएको उल्ले गरे । डा. बिष्टले जेष्ठ पत्रकार मासिक भत्ता, पत्रकार सन्तति बृद्धी विकास, विमा, तालिम जस्ता सवाललाई महासंघले प्राथामिकताका साथ उठान गरी सुरु गरिसकिएको बताए ।

कार्यक्रममा बोल्दै उदयपुर क्षेत्रनं २ का सांसद एवंम पुर्व सहरी विकास राज्य मन्त्री मन्जु चौधरी विदेशीको दवाव र इशारामा संबिधान कुनै हालतमा शंसोधन नहुने बताए । छिमेकी मुलुक भारत प्रति लक्षित गर्दै उनले ९० प्रतिशत जनताले बनाएको संबिधान ६५ प्रति जनताका प्रतिनिधिले बनाएको संबिधान जस्तो नभई विष्टि भएको स्पष्ट पारिन् । सांसद चौधरीले संबिधान उल्लंघन हुने गरी शंसोधन नुहेने बताउँदै एक पटक कार्यान्वयन भएपछि आबश्यकता र औचित्यका आधारमा शंसोधन हुन सक्ने बताए ।
त्यसैगरी सुचना तथा संञ्चार मन्त्रीका प्रेस सल्लाहकार राजेन्द्र किरातीँले पछिल्लो समय नेपाली पत्रकारिताको ट्रेण्ड बिग्रदै गएको बताए । उनले आफ्नो लागि भन्दा पनि नेपाली समाजको योगदानलाई ध्यान दिने गरी कलम चलाउन आग्रह गरे ।

महासंघका महासचिब उजिर मगरले धर्म, आश्था, राजनीतिलाई अलग राखेर निष्पक्ष पत्रकारिता गर्न सकेमात्र समाजले उसको योगदानलाई कदर गर्न सक्ने बताए । उनले पछिल्लो समय निष्पक्ष पत्रकारिताभन्दा पनि पार्टी पत्रकारिता बढ्दै गएको बताए ।
त्यसैगरी न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष एवंम महासंघका पुर्व महासचिब पोषण केसीले राजनीतिक दलका अमुख संगठनबाट पछिल्लो समय पत्रकारिता र पत्रकारमाथि भौतिक आक्रमण हुने गरेको बताउँदै देशमा राजनीतिक स्थीरता आबश्यक रहेको बताए । उनले आफु अध्यक्ष रहेको समितिले न्युनतम पारिश्रमिकलाई कडाईका साथ लागु गर्न क्रियाशिल रहेको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, स्थानीय राजनीतिक दलका नेता, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरुले बोलेका थिए । महासंघका अध्यक्ष कुशलबाबु बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने सांसद डा. नारायण खड्का, मन्जुकुमारी चौधरी, जिल्ला बिकास समिति, त्रियुगा नगरपालिका, जिल्ला प्राविधिक कार्यालय, वन, पेसोक, व्यवसायी सुमन्त कोईराला लगायतलाई सम्मान गरिएको थियो ।
सो अवसरमा जिल्ला अध्यक्ष बस्नेतले केहि दिन भित्रै जिल्ला शाखाको भवनबाटै सबै पत्रकारले समाचार पठाउन मिल्ने गरी नेटइन्टरनेट र कम्प्युटरको सुविधाको तयारी भईरहेको जानकारी दिए ।
सेवा सुबिधा नदिने मिडिया हाउस बन्द हुन्छन् : अध्यक्ष केसी
न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले श्रमजिवी पत्रकारलाई सेवासुविधा दिन नसक्ने मिडिया हाउस बन्द गर्न चेतावनी दिएका छन् ।
बिहीबार नेपाल पत्रकार महासंघ जिल्ला शाखाको समन्वयमा समितिले आयोजना गरेको श्रमजिवी पत्रकारसम्बन्धी ऐन कार्यान्वयनको अबश्था बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भने जब श्रम गर्ने पत्रकारलाई नै आधारभूतरुपमा तोकिएको सेवसुबिधा दिन नसक्ने हो भने त्यो मिडिया बन्द गर्नु पर्छ ।
पत्रकारले पाउने न्युनतम पारिश्रमिकमा कुनै पुनरालोवकन, सम्झौता हुन नसक्ने बताउँदै केसीले लागु गर्नुको अर्को विकल्प नभएको स्पष्ट पारे । अध्यक्ष केसीले कार्यान्वयनसँगै मिडिया हाउस वलियो बनाउन पनि आफुहरुले योजना अघि सारेको बताए ।
उनले छिट्टै नै विज्ञापन प्राधिकरण गठन गरी समानुपाति विज्ञापन वितरण प्रणाली लागु गरी मिडिया हाउस वलियो बनाउने उपायको खोजी भईरहेको बताए । केसीले पत्रकार आफु पनि सक्षम र सवल हुन नसक्दा ऐन कार्यान्वयन गर्न नसकेको बताउँदै तालिम, सेमिनारजस्ता कार्यक्रम आबश्यक रहेको बताए ।
त्यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले तोकिएको सेवासुबिधा मिडिया हाउसले दिन नसक्दा पनि पत्रकारहरु असुरक्षित बन्दै गएको बताए । उनले सेवासुबिधा दिन नसक्दा पत्रकार अन्य पेसाको खोजीमा भौतारिनु परेको जसकाकारण उ त्यस क्षेत्रबाट असुरक्षित बन्दै गएको स्मरण गराए ।
सेवासुबिधा कार्यान्वयन नगर्ने मिडिया हाउसविरुद्ध महासंघमा उजुरी दिन आग्रह गर्दै अध्यक्ष बिष्टले त्यस्ता पत्रकारको निशुल्क कानुनी पैरवी, परामर्श र मिडिया हाउसविरुद्ध लडन महासंघले छुट्टै डेक्स तयार गरेको जानकारी दिए । कार्यक्रममा जिल्लाका सञ्चारकर्मीले उदयपुरको श्रमजिवी पत्रकार ऐन कार्यान्वयका सवालमा आआफ्ना धारणा र टिकाटिप्पणी राखेका थिए ।












प्रतिक्रिया