१ कार्तिक २०८३, आइतबार

योग गुरु रामदेवको कम्पनीलाई ११ लाख जरिवाना

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १ पुस । योग गुरु रामदेवको कम्पनी पतञ्जल आयुर्वेदमाथि हरिद्वारस्थित सिटी अदालतले ११ लाख भारतीय रुपैयाँ जरिवाना गराएको छ ।

यो जरिवाना मिस ब्रान्डिङ र आफ्नो उत्पादनको गलत ढङ्गबाट प्रचार गरेको पाँचवटा मामिलामा तिर्न लगाइएको हो ।

अदालतले आदेशमा अर्को कम्पनीले बनाएको उत्पादनको पतञ्जलीले आफ्नो लेबल लगाएर बेचिरहेको र यसको गलत ढङ्गले विज्ञापन पनि गरिरहेको ठहर गरेको छ ।

अदालतले यो जरिवाना एक महिनाभित्र तिरिसक्न पतञ्जलीलाई आदेश दिएको छ । – एजेन्सी