काठमाडौं, ३० मंसिर । चन्द्रागिरि हिल्स लिमिटेडले थानकोटदेखि चन्द्रागिरिको डाँडासम्म निर्माण गरेको चन्द्रागिरि केवलकारको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको छ । गएको साउन २४ गतेदेखि सञ्चालनमा आएको चन्द्रागिरि केवलकारको प्रधानमन्त्रीले बिहिबार ताम्रपत्र अनावरण गरेर उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्दै प्रधानमन्त्री दाहालले प्रकृतिले हामीलाई धेरै चिज दिएको छ । सोच र इच्छाशक्तिका साथै त्यसमा विज्ञान, प्रविधि र पूँजी भयो भने नेपालमा छिट्टै चामत्कारिक विकास हुने भन्दै ‘चन्द्रागिरि हिल्स’ त्यसैको उदाहरण भएको बताउनु भयो ।
कार्यक्रममा बन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले शुभकामना मन्तब्य व्यक्त गर्दै निजि क्षेत्रलाई सहयोग गर्न सरकार सदैव तयार रहेको बताउनु भयो । अहिले विकास प्रति सकारात्मक चिन्तन हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमलाई सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी र विज्ञान तथा वातावरण मन्त्री जयदेव जोशीले सम्बोधन गर्नु भएको थियो ।
नेपाल उद्योग बाणिज्य महासंघकी कार्यबहाक अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा.राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष शतिसकुमार मोरले पनि कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
चन्द्रागिरि केवलकार निर्माता कम्पनी डोपलमेयरका प्रतिनिधि पिटर भोजलम्यानले चन्द्रागिरिको व्यावस्थापनले व्यवसायिक महत्व बुझेकै कारण समयमा काम सम्पन्न भएको धारणा राख्नुभएको थियो ।
कार्यक्रमका सभापति तथा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा आउने विदेशी पर्यटकहरुको बसाई एक दिन लम्बाउन चन्द्रागिरि हिल्स सफल हुँदै गएकोले निजि क्षेत्रबाट संचालित यस्ता परियोजनाहरुमा सरकारको पूर्ण सहयोग प्राप्त भएमा नेपालको पर्यटन क्षेत्रलाई नेपालको क्षमता अनुसार विस्तार गर्न त्यति कठिन नरहेको धारणा व्यक्त गर्नुभयो ।
चन्द्रागिरि हिल्स लिमिटेडका संचालक हेमराज ढकालले चन्द्रागिरि केबलकार परियोजनाको परिचय प्रस्तुत गर्दै स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने संचालक अम्बिकाप्रसाद पौडेलले चन्द्रागिरि डाँडाको धार्मिक महत्वको विषयमा प्रकाश पार्नुभएको थियो । संचालक मिन बहादुर गरुङले सफलताका लागि मेहनत आवश्यक पर्ने बताउदै ठुलो मेहनतले चन्द्रागिरि परियोजना यो अवस्थासम्म आइपुगेको बताउनुभयो ।
चन्द्रागिरि केवलकार निर्माण कम्पनी डोपलमेयरले कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई मायाको चिनो प्रदान गरेको थियो ।
चन्द्रागिरि हिल्सको संक्षिप्त विवरण
धार्मिक महङ्खव
दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई देवादिदेव महादेवले बोकेर पृथ्वी परिक्रमा गर्दा जहाँ सतीदेवीको भाल अर्थात् निधार पतन भयो, त्यस ठाउँमा ‘भालेश्वर’ महादेव उत्पन्न भएको कुरा हिमवत्खण्डमा उल्लेख गरिएको छ ।

सुमुखनामक गन्धर्वसँग भालेश्वर महादेवको प्रसंग जोडिएको छ । स्वर्गको इन्द्रसभाबाट भोग–विलास सिद्धयाइँ फर्कन लागेकी रम्भालाई सुमुखले बलजफ्ती चुम्बन गरे । रिसाएकी रम्भाको श्रापले सुमुख मत्र्यलोकमा आउन बाध्य भए । मत्र्यलोकमा भौँतारिएका सुमुखलाई गालव ऋषिले प्रत्येक दिन तीर्थमा स्नान गरी भालेश्वरको दर्शन गर्न उपदेश दिए । उपदेशबमोजिम गर्दै जाँदा भालेश्वर महादेव प्रकट भए र वर माग भनी भन्दा हजुरको गण भई बस्न पाऊँ भनी सुमुखले वर मागे । रम्भाले पहिले अपमान गरेकीले केही काल रम्भासँगको भोगविलास गरेपछि आफ्नो गण भएर बस्न भालेश्वर महादेवले सुमुखलाई वर प्रदान गरे र त्यसैअनुसार काम भयो भन्ने कुरा हिमवत्खण्डमा उल्लेख गरिएको छ ।
ब्राह्मण कुलमा जन्मिएका विरूपाक्षबाट पूर्वजन्मको कर्मको फलस्वरूप विभिन्न पापकर्म एवं मातृगमनसमेत भयो । कुष्ठ रोगले ग्रस्त विरूपाक्ष यत्रतत्र बरालिन थाले । बरालिँदै जाँदा सुनकोशीको किनारमा नेमुनिलाई भेटी नेमुनिको उपदेशअनुसार प्रायश्चित्तका लागि चौसठ्ठी शिवलिङ्गको दर्शन गर्न विरूपाक्ष हिँडे । यसरी हिँडेका विरूपाक्षले लिङ्गहरूको दर्शन गर्दै जाँदा तीर्थमा नुहाएर भालेश्वर महादेवको दर्शन गर्दै पूजा अर्चना गरेको कुरा हिमवत्खण्डमा उल्लेख गरिएको छ ।
समुद्री सतहबाट २,५५१ मिटरको उचाइमा अवस्थित यस भालेश्वर महादेवको दर्शन गर्नाले भक्तजनको मनोकांक्षा पूरा भई अन्त्यमा शिवलोकमा वास हुने जनश्रुति पाइन्छ ।
ऐतिहासिक महङ्खव
चन्द्रागिरि प्राचीनकालदेखि नै ऐतिहासिक रूपले महङ्खवपूर्ण स्थान हो । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरिबाट नै सुन्दर नेपाल उपत्यकाको अवलोकन गरेका थिए । त्यति मात्र होइन यही स्थानमा पृथ्वीनारायण शाहले आध्यात्मिक साधनामा साधनारत रहेर नेपाल उपत्यका एकीकरणको लागि शक्ति आर्जन गरेका थिए भन्ने जनविश्वास यस क्षेत्रमा पाइन्छ । नेपाल उपत्यकाका मल्ल राजाहरूले चिन्छन् कि भनेर उनी घुम ओढेर चन्द्रागिरि डाँडाबाट आफ्नो राज्य गोरखातर्फ लागे भन्ने बयान पृथ्वीनारायण शाहको उपदेशमा पाइन्छ ।
पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरबाट आफ्नो राज्य गोरखा फर्कँदा चन्द्रागिरि हुँदै फर्केका र उपत्यकाको अवलोकनपछि नेपाल उपत्यकाका राज्यलाई जित्ने दृढ निश्चय गरेको उनको उपदेशमा उल्लेख गरिएको छ । उनको साथमा रहेका दुई ज्योतिषी भानु अज्र्याल र कुलानन्द ढकालले त्यतिबेलै आफ्ना राजाको इच्छा पूरा हुने भविष्यवाणी गरेको पृथ्वीनारायण शाहको उपदेशमा लेखिएको छ । नेपाल एकीकरणको प्रारम्भबिन्दु चन्द्रागिरिबाटै शुरू भएको र त्यो इच्छा ‘भालेश्वर महादेव’ ले पूरा गरिदिएको जनविश्वास अहिलेसम्म पनि यस क्षेत्रमा रही आएको छ ।
चन्द्रागिरि केबलकारको प्राविधिक पक्ष
केबुलकार निर्माणमा विश्व विख्यात मानिने अष्ट्रियन ‘डोब्बलमेयर’ कम्पनीले चन्द्रागिरि केबलकार निर्माण गरेको हो । कूल २,४६० मिटर लम्बाई भएको यस केबलकारको मार्गमा ११ वटा टावर छन् । ५ देखि ३८ मिटर सम्मको उचाईंमा गाडिएका यी टावरहरु एकअर्कामा ३.३६ देखि ९२६ .२७ मिटर दुरीको फरकमा छन् । यी लठामा कुद्ने कारलाई प्राविधिक भाषामा ‘गोण्डला’ भनिन्छ । यात्रु बोक्ने ३८ र समान बोक्ने ३ गरी कूल ४१ वटा यस्ता गोण्डलाले हरियाली चन्द्रागिरि पहाडको शोभा बढाएका छन् । एउटा केबुलकारले ८ जनासम्म यात्रु बोक्न सक्छ । प्रति घण्टा एक हजार यात्रु क्षमता भएका केबुलकार चढेको ९ देखि १४ मिनेटको अवधिमा माथिल्लो स्टेशनमा पुग्छन् ।




















प्रतिक्रिया