१९ कार्तिक २०८३, बिहिबार

संशोधन विधेयकले रोल्पा सदरमुकाम तनावग्रस्त, प्रहरीद्धारा लाठी चार्ज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा (लिवाङ), ३० मङ्सिर । पाँच नं प्रदेशबाट पहाडी जिल्ला टुक्य्राउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध आज आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।

रोल्पामा आन्दोलन चर्किरहेकै समयमा नेपाल मगर सङ्घ रोल्पाले भने सरकारले रोल्पालाई ५ नंबाट ४ नं प्रदेशमा राखेकामा स्वागत कार्याक्रमको आयोजना गरेको थियो । एकै ठाउँमा विरोध र स्वागत कार्यक्रम चलिरहेकै बेला दुवै पक्षबीच एक्कासि ढुङ्गा हानाहान भएको थियो ।

झडप शान्त पार्न प्रहरीले दुवै पक्षका केही आन्दोलनकारीलाई नियन्त्रणमा लिनाका साथै लाठी चार्ज अश्रु ग्याससमेत प्रहार गरेको थियो । प्रहरीको लाठीचार्जबाट दुवैतर्फका गरी आठ जना घाइते भएका छन् ।

सङ्घर्ष समितिका सदस्य सचिव तथा नेपाल पत्रकार महासङ्घ रोल्पाका अध्यक्ष महेश न्यौपानेले आजको आन्दोलन सुरुआात मात्र भएको जिकिर गर्दै माग पूरा नहुँदासम्म सशक्त आन्दोलन चर्काउने चेतावनी दिनुभयो । रासस