३ कार्तिक २०८३, मंगलबार

फोर्स मोटर्सको शोरूम अब जनकपुरमा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० मंसिर । फोर्स मोटर्स लिमिटेड इण्डियाको नेपालका लागि आधिकारिक बिक्रेता आयातकर्ता आयाम इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो स्थानीय बिक्रेता सिद्धान्त अटोमोबाइल्स इन्टरप्राइजेज प्रालिमार्फत जनकपुरमा आफ्नो शोरूम संचालनमा ल्याएको छ ।

त्यसअवसरमा बुधबार जनकपुरको मुजेलियामा Force Motors का ब्राण्डहरु क्रमश, Trax Cruiser Jeep, Trax Kargo King (Pickup), Trump 40, Balwan Tracktor लगायतका गाडीहरुको Launching कार्यक्रमको आयोजना गरियो ।

सोहि अबसरमा Force Motors का उत्पादनहरुTrax Gurkha Jeep, GAMA Jeep, TRAX Ambulance लगाएतका गाडीहरुको बारेमा पनी जानकारी गराईएको थियो । जनकपुरमा बुधबार आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक राजन लम्साल र सांंसद डा चन्द्र मोहन यादवले संयुक्त रूपमा शोरूमको औपचारिक उद्घाटन गर्नुभयो ।

कार्येक्रममा सिद्धान्त अटोमोबाइल्स इन्टरप्राइजेज प्रालिका संचालक राम जीबन यादव, आयाम इन्टरकन्टिनेन्टलका प्रबन्धक राजन शिल्पकार, जनकपुर अबस्थित ब्यापारी, Bankers, यातायात समितिका पदाधिकारी लगाएतको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

बिगत केहि वर्ष देखि Force Motors Limited ले नेपामा आफ्नो आधिकारिक आयातकर्तारबिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा लि मार्फत आफ्ना गाडीहरुको बिक्रि वितरण गर्दै आईरहेको छ ।

यस भन्दा अगाडी आयाम इन्टरकन्टिनेन्टलले काठमाडौँको गैरीधारा, पोखराको बुद्धचोक, झापाको बिर्तामोड, विराटनगरको कन्चनबारी, राजविराजको रामानन्दचोक र चितवनको भरतपुरमा आफ्नो शोरूम संचालनमा ल्याइसकेको छ ।