१९ कार्तिक २०८३, बिहिबार

मानव बेचबिखनका तीन विचौलियालाई १५ वर्षको जेल फैसला

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

कृष्णनगर (कपिलवस्तु), ३० मंसिर । चेलीबेटी बेचबिखन मुद्धामा पुर्पक्षको लागि थुनामा परेका पाँच विचौलियालाई जिल्ला अदालत तौलिहवाले जेल चलान गरेको छ । जिल्ला न्यायाधिश कृष्णप्रसाद पौडेलको इजलासलले गत असोज २३ गते जरिवाना र कैद फैसला गरेको हो ।

मानव बेचविखनमा संलग्न विचौलिया ललिता विक, प्रदिप विक र रेखा विकलाई अदालतले १५ वर्ष जेल सजाय र जनही एक लाख क्षतिपूर्तिको दण्ड सजायसहितको फैसला गरेको छ । भने इन्द्रबहादुर खड्का र मोहन पाण्डेलाई ७वर्ष ६ महिना जेल र ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

एक वर्षअघि ती विचौलियाले रोल्पाका गीता, मीना र सीमा (नाम परिवर्तन) लाई ललाईफकाई कृष्णनगर सीमानाका हुँदै भारत लैजाने क्रममा किशोरीहरुको उद्धार गर्ने क्रममा पक्राउ परेका थिए । मानव बेचविखन विरुद्ध कृष्णनगरमा कार्यरत के.आई. नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले विचौलियालाई पक्राउ गरेको थियो । पक्राउ परेको पाँचै जनालाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अन्तर्गत इलाका प्रहरी कार्यालय कृष्णनगरमा मुद्धा दर्ता भएको थियो । कानुनी प्रकृया अनुसार प्रहरीको अनुसन्धानपछि जिल्ला अदालत कपिलवस्तुमा पेश भएको थियो । पीडित र साक्षीको बयान तथा प्रहरीको अनुसन्धानबाट निस्किएको प्रमाणहरुका आधारमा जिल्ला अदालत कपिलवस्तुका न्यायाधिश कृष्णप्रसाद पौडेलको इजलासले विचौलियालाई दण्ड सजाय सुनाएको हो ।

उद्धार गरिएका पीडित किशोरीहरु केआई नेपालको सुरक्षित आवास गृह चितवनमा रही बिभिन्न सीपहरु सिकी अभिभावकसँग पुनर्मिलन भइसकेको के.आई. नेपाल कपिलवस्तुका जिल्ला संयोजक केसर विश्वकर्माले जानकारी दिएका छन् ।

यसअघि मानव बेचबिखनमा संलग्न समीर महमद अन्सारी र निसान भन्ने अनुप गुरुङ्ग समेत जिल्ला अदालत कपिलवस्तुको फैसला अनुसार १० बर्षका लागि जेल चलान भइसकेका के.आई. संयोजक विश्वकर्माले बताए ।