१९ कार्तिक २०८३, बिहिबार

निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल गुजरात प्रस्थान

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० मंसिर । भारत सरकारको आयोजनामा गुजरात राज्यको अहमदाबादमा शुक्रवारबाट सुरु हुने भाइब्रान्ट सेरामिक्स एक्स्पो एण्ड समिट २०१६ मा सहभागी हुन नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डल विहिवार त्यसतर्फ गएको छ ।

महासंघ अध्यक्ष शरदकुमार गौचनको नेतृत्वमा महासंघका सल्लाहकार रामप्रसाद मैनाली, वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठ, उपाध्यक्ष रुद्र शर्मा, महासचिव रामशरण देउजा, उपमहासचिव (आन्तरिक) सूर्यप्रसाद तिमिल्सिना, सहकोषाध्यक्ष नरहरि थपलिया सहितको ७३ सदस्यीय प्रतिनिधिमण्डल त्यसतर्फ गएको हो ।

प्रतिनिधिमण्डलमा महासंघका ३ क्षेत्रीय अध्यक्ष, ३३ जिल्ला अध्यक्ष, ४ एशोसिएट सदस्य लगायत सरकारी र महासंघका कर्मचारीहरुको पनि सहभागिता रहेको छ । विभिन्न २० देशका प्रतिनिधिहरुको सहभागिता रहने उक्त एक्स्पोमा महासंघको तर्फबाट अध्यक्ष शरदकुमार गौचनले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै प्रतिनिधिमण्डलका सदस्यहरुले गुजरात राज्यले छोटो समयमा हासिल गरेको चौतर्फी विकासका सन्दर्भमा विभिन्न परियोजनाहरुको अध्ययन अवलोकन गर्नुहुनेछ ।

महासंघ प्रतिनिधिमण्डललाई त्रिभुवन विमानस्थलमा महासंघका उपाध्यक्ष भीमबहादुर साउद, उपमहासचिव (नीतिगत) विष्णु बुढाथोकी, महासंघका उपनिर्देशक प्रेमसिंह ऐर, प्रशासकीय अधिकृत नवराज भण्डारी लगायतले बिदाई गर्नु भएको थियो ।

महासंघले कार्यवाहक अध्यक्षको जिम्मेवारी लक्ष्मणकुमार राना तथा कार्यवाहक महासचिवको जिम्मेवारी विष्णु बुढाथोकीलाई दिएको छ ।