१९ कार्तिक २०८३, बिहिबार

सार्वजनिक विदा माग्दै आन्दोलन घोषणा, प्रचण्ड र निधिलाई घेरा हाल्ने!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० मंसिर । राष्ट्रिय ख्रिष्टियन महासंघ, नेपालले सार्वजनिक बिदालाई कायम गराउनको लागि सरकार समक्ष तीनबुँदे माग अघि सारेको छ ।

विहिबार रिपोर्टर्स क्लवनेपालमा महासंघले पत्रकार सम्मेलन गरेर गृह मन्त्रालयले हालै सार्वजनिक गरेको २०७३ सालका विदा सम्बन्धि ख्रीष्टमसलाई सार्वजनिक विदा कटौती गरी ईसाई सरकारी कर्मचारीलाई मात्र सिमित गरिएकाले उक्त यथाशिघ्र फिर्ता लिई खी्रष्टमसलाई सार्वजनिक विदा कायम गर्नुपर्ने, विगतमा गरिएका तिन बुँदे र ६ बुँदे सहमति कार्यन्वयन गर्नुपर्ने लगायतका मागहरू अघि सारेको हो ।

कार्यक्रमा मानव अधिकारकर्मी चरण प्रसाईले सरकारले गर्ने काम भन्दा पनि नगर्ने कामहरु निरन्तर गर्दै आएको आरोप लगाए ।

उनले अघि थपे, ‘राज्यले जतिसुकै धर्मवालम्बीहरू छन्, उनीहरूलाई समान रुपले सम्मान गर्नुपर्छ, राज्यले विभेदकारी नीति अवलम्बन गर्नु हुँदैन ।’

ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सिबि गहतराजले २०६४ साल देखि ख्रिष्टियन समुदायले प्राप्त गरेको सार्वजनिक बिदा पूर्ववर्ति केपि शर्मा ओलीको सरकारले बिना कारण हटाएकोमा गम्भीर आपत्ति जनाए ।

गहतराजले यदि सरकारले सबै धर्मवालम्बीहरूलाई समान तरिकाले हेर्न सकेन भने त्यो भन्दा दुःखद कुरा अरु केही नहुने भन्दै सार्वजनिक रुपमा ईसाई समुदायले खाईपाई आएको विदालाई खोसिनु लोकतन्त्रको मर्म विपरीत काम भएको बताए ।

उनले अघि थपे, ‘लोकतन्त्र, गणतन्त्र, संघियता र धर्मनिरपेक्षताको खातिर लड्नु भएका पुष्पकमल दाहाल प्रचण्डले यो ख्रीसमसको विदालाई पुर्व स्थान र मिति अनुरुप कायम गराउनु पर्छ, गृहमन्त्री विमलयन्द्र निधिले यसको रक्षा गर्न सक्नु पर्छ, यदि सरकारले हाम्रा आवाज सुनेन भने पुस तीन गते देश व्यापि रुपमा ज्ञानपन पत्र बुझाउने, त्यसपछि देश व्यापी आन्दोलन गर्ने तयारी हामी छौँ ।’