काठमाडौं । बलिउड अभिनेता तथा भारतीय जनता पार्टीका सांसद शत्रुघन सिन्हा (खामोस) पुनः नेपाल आएका छन् ।
गएको भदौमा ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन काठमाडौं आएका सिन्हा उद्योगपति विनोद चौधरीका छोरा बरुण चौधरीको ‘इन्गेजमेन्ट’ समारोमा सहभागी हुन बुधबार दिउँसो त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् ।

विमानस्थलबाट बाहिरिने क्रममा पत्रकारहरुसँगको संक्षिप्त प्रतिक्रियामा पुनः नेपाल आउन पाउँदा खुसी महशुस गरिरहेको बताए ।
बरुणको भारतीय व्यवसायीका छोरीसँग बिहीबार ‘इन्गेजमेन्ट’ हुँदैछ । आउँदो अप्रिल २१ तारिखमा वरुणको विवाह हुने पारिवारिक स्रोतले जनाएको छ ।
















प्रतिक्रिया