दाङ, ३० मंसिर । गरिवी निवारणका लागि राज्यले परिचालन गर्ने सम्पूर्ण बजेट सहकारीमार्फत परिचालन गर्न दाङमा आयोजित एक कार्यक्रमका सहभागीहरुले माग गरेका छन् ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय दाङको आयोजनामा बुधवार सम्पन्न सहकारी संघ÷संस्थाका प्रतिनिधिहरुबीचको अन्तक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो माग गरेका हुन् ।
गरिवी निवारणका लागि गठित मन्त्रालय मार्फत गरिवी निवारणको बजेट परिचालन गर्नका लागि सहकारी क्षेत्र सक्षम रहेको भन्दै वक्ताहरुले त्यसको जिम्मेवारी राष्ट्रिय सहकारी बैंकलाई दिनु पर्ने बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले देशभर सञ्जाल भएको र वित्तीय रुपमा समेत सक्षम बन्दै गएको सहकारी बैंकले राज्यको लक्ष्य अनुसार गरिवी निवारणको बजेट लक्षित वर्गमा पु¥याउन सक्ने बताउनुभयो । उहाँले राज्यले गरिवी निवारणका लागि छुट्टयाउने बजेट सहकारी मार्फत नै परिचालन गर्न आवश्यक रहेको बताउनुभयो । मुलुकभरका सहकारीहरुको वित्तीय आवश्यकता पुरा गर्नका लागि स्थापित भएको सहकारी बैंकलाई थप प्रभावकारी र व्यवस्थित गराउदै सहकारी मार्फत निष्क्रिय पूँजि परिचालन गरी गरिवी निवारण, रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निर्यात प्रवर्धनमा लाग्न सहकारीहरुलाई उहाँले आव्हान गर्नु भयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक बुटवल शाखा व्यवस्थापन उपसमिति संयोजक भिम तुलाचन, डिभिजन सहकारी कार्यालय दाङका प्रमुख बिनोद कुमार पौडेल, राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य शुक्रराज भण्डारी लगायतले गरिवी निवारणका लागि सहकारी क्षेत्रको प्रवद्र्धन गर्न तथा सहकारी मार्फत गरिवी निवारणको बजेट परिचालन गर्न माग गर्नु भएको थियो । उहाँहरुले दाङ जिल्लामा सहकारी बैंकको शाखा मार्फत करिब एक सय वटा सहकारीले कर्जा लिएर उत्पादन लगायत सेवा क्षेत्रको काम गरेर जनताको मन जित्न सफल भएको बताउनु भएको थियो ।
कार्यक्रम जिल्ला संघ दाङका अध्यक्ष गोबिन्द प्रसाद शर्माको अध्यक्षता, सहकारी बैंक बुटवल शाखाका प्रमुख नरेश पाण्डेको स्वागत र दाङ शाखाका प्रमुख नारायण वेलवासेको सञ्चालनमा सम्पन्न भएको थियो । दाङ जिल्लाका ३ सय सहकारी संघ÷संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेका कार्यक्रममा दाङ शाखा प्रमुख नारायण बेल्वासेले सहकारी वैंकको परिचय तथा दाङ शाखाको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।
















प्रतिक्रिया