१९ कार्तिक २०८३, बिहिबार

टोपबहादुरको अगुवाईमा अनिश्चितकालीन अर्घाखाँची बन्द

39.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, ३० मङ्सिर । अर्घाखाँचीको सन्धिखर्कमा आज दिउँसो विरोध सभा हुने भएको छ ।

नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, नेता रेवतीप्रसाद भुसाल, नेकपा (एमाले)का नेता दलबहादुर राना, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संयुक्त सङ्घर्ष समितिका संयोजक विष्णु मुस्कानले बताउनुभयो ।

५ नं प्रदेसबाट पहाडी जिल्ला अलग्याएर संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा विरोधसभा हुन थालेको हो । विरोध सभालाई सबै दलका केन्द्रीय नेताले सम्बोधन गर्ने भएका छन् ।

नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, नेता रेवतीप्रसाद भुसाल, नेकपा (एमाले)का नेता दलबहादुर राना, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संयुक्त सङ्घर्ष समितिका संयोजक विष्णु मुस्कानले बताउनुभयो ।

विरोधसभा अघि जुलुस प्रदर्शन सन्धिखर्कको टुँडिखेलबाट सुरु भई शान्ति बगैँचा, मेन रोड, हललाइन, बसपार्क, चुत्राबेसी, भक्तिटोला, बैंकरोड हुँदै पुन टुँडिखेलमा गई विशाल विरोधसभामा परिणत हुने मुस्कानले बताउनुभयो ।

यसैबीच आजदेखि अनिश्चितकालीन अर्घाखाँची बन्द भएको छ । बन्दका करण जिल्लाका सम्पूर्ण कलकरखाना, बजार र यातायातका सम्पूर्ण साधन बिहानैदेखि ठप्प रहेका छन् । बन्दमा शिक्षण संस्था भने खुल्न दिने बन्द आह्वान समितिले जनाएको छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्र नेता रायमाझी अर्घाखाँचीबाट निर्वाचित सांसद हुनुहुन्छ । रासस